शास्त्र अनुसार मानिस जन्मेको साल, बार, गते, जन्म स्थान अनुसार उसको स्वभाव निर्धारण हुन्छ । कुनै पनि मानिसको व्यवहार र बोलिचाली जन्मेको बार अनुसार फरक हुने ज्योतिषशास्त्रमा बताइएको छ । यहाँ रबिबार जन्मिएका व्यक्तिहरुको स्वभावको चर्चा गरिएको छ ।
– रविबार जन्मेका व्यक्ति सकारात्मक सोच र निकै विश्वसनीय हुन्छन् ।
– अन्तर्मुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् ।
– निकै संवेदनशील र कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइरहने खालका हुन्छन् ।
– रबिबार जन्मनेहरुले रुपरंगमा आफूले आफैलाई भाग्यमानी नै सम्झनुपर्नेछ ।
– अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुन्छन् नै तर चाँडै रिसाउने बानीले सहयोग गर्ने व्यक्तिहरु रिसाउने गर्दछन् ।
– पैसावाल हुन्छन् र आफ्नो बलबुतामा नै पैसा कमाउने कोसिस गर्छन् ।
– आफ्नो सम्बन्धलाई निकै सम्मान गर्छन्, त्यसकारण झनक्क रिसाउने बानी भइकन पनि मानिससहरु छोड्न चाहन्नन् ।
– चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा अत्याधिक हुन्छन्।
– कुनै पनि कुरामा सम्झौता गर्दैनन् ।
– सौन्दर्यलाई मन पराउँछन्, त्यसकारण आइतबार जन्मेका व्यक्तिहरु – धेरैजसो प्रेम विवाह गर्ने गर्दछन् ।










