मेलबर्न: दक्षिण अफ्रिकी पेस बलर कगिसो रबाडाको डोप टेस्टमा विफल रहेको मामिलामा पारदर्शिताको अभावको आलोचना गर्दै अष्ट्रेलियाका पूर्व कप्तान टिम पेनले यस मामिलासँग सम्बन्धित अधिकारीहरूले पूरा खुलासा गर्नु पर्ने दावी गरेका छन्। रबाडाले केही दिन अघि मनोरञ्जनको निम्ति प्रतिबन्धित दवाईको प्रयोगले गर्दा अस्थायी निलम्बनको सामना गर्नु परेको खुलासा गरेर सबैलाई चकित पारेका थिए। गुजरात टाइटन्सको निम्ति दुईवटा म्याच खेलेर रबाडा निजी कारणहरूले गर्दा आईपीएल छोड़ेर स्वदेश फर्किएका थिए। पेनले भने, यो अचम्भको कुरा हो। यस्तो मलाई मन पर्दैन। यस्तो कुराहरू लुकाउने आवश्यकता छैन कारण यो निजी मामिला होइन। कुनै पेशादार खेलाड़ीले टुर्नामेण्टको अवधि यस्तो कुनै पदार्थको सेवन गरे त्यो निजी मामिला हुँदैन। यसको अर्थ नै अनुबन्ध तोड़्नु हो। यसले अन्य खेलाड़ीहरूका निम्ति गलत उदाहरण पेश गरेको छ। उल्लेखनीय छ, रबाडाको डोट टेस्ट एसए२०-को अवधि जनवरीमा भएको थियो। पेनले भने, त्यो चाहे मनोरञ्जनको निम्ति होस् या प्रदर्शनमा सुधारको निम्ति नै होस्, प्रतिबन्धित पदार्थको सेवन निजी मामिला हुन सक्दैन। त्यसलाई पनि एक महिनासम्म लुकाइएको थियो। उनलाई आईपीएलबाट बाहिर गरेर दक्षिण अफ्रिका पठाइयो अनि पूरा मामिलामा पर्दा लगाइयो। यस्तो हुनु हुँदैन। यस मामिलासँग सम्बन्धित अधिकारीहरूले धेरै अघि नै पूरा जानकारी दिनु पर्ने थियो।









