काेलकत्ता: भारतका शीर्ष पेस बलर मोहम्मद शमी लगभग एक सालपछि प्रतिस्पर्धी क्रिकेटमा फर्किन तयार छन्। उनले इन्दौरमा मध्य प्रदेशविरुद्ध बुधवारदेखि शुरु हुने रणजी ट्रफीको म्याचमा हिस्सा लिनेछन्। बंगाल क्रिकेट संघले यस्तो घोषणा गरेको छ। गत वर्ष १९ नोभेम्बरमा आईसीसी वनडे वर्ल्ड कपको फाइनलको रूपमा आफ्नो अन्तिम म्याच खेलेपछि शमीलाई चोटले सताएको थियो। उनले खुट्टाको सर्जरी पनि गराएका थिए।अहिले शमीको लक्ष्य बीसीसीआई-को बेंगलुरु स्थित सेण्टर अव् एक्सीलेन्समा कठोर रिह्याबिलिटेशनपछि म्याच फिटनेस साबित गर्नु हुनेछ। बंगाल क्रिकेट संघका सचिव नरेश ओझाले भने, भारत र बंगाल क्रिकेट टीमका स्टार पेस बलर मोहम्मद शमीले बुधवारदेखि इन्दौरमा मध्य प्रदेशविरुद्ध शुरु भइरहेको रणजी ट्रफीको म्याचमा हिस्सा लिनेछन्। यसले बंगालको टीम मजबूत बन्नेछ। ओझाले बताएअनुसार, शमीले बंगालको पेस आक्रमणको अगुवाई गर्नेछन् अनि अष्ट्रेलियामा उपस्थिति भारतीय टीम म्यानेजमेण्टको नजर पनि उनको प्रदर्शनमाथि रहनेछ। भारतले बोर्डर-गावस्कर ट्रफीको निम्ति जसप्रीत बुमराह र मोहम्मद सिराजलाई साथ दिन आकाश दीप, हर्षित राणा, नितीश कुमार रेड्डी र प्रसिद्ध कृष्णा जस्ता अनुभवहीन पेस बलरहरूमाथि भरोसा गरेको छ। मुकेश कुमार, नवदीप सैनी र खलील अहमदलाई रिजर्व खेलाड़ीहरूमा सामेल गरिएको छ तर उनीहरूसँग टेस्ट क्रिकेट खेल्ने अनुभव छैन। शमीले २०१८-१९-मा अष्ट्रेलियामा भारतको टेस्ट सीरीजमा २-१-को जीतमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै २६.१८-को औसतले १६ विकेट लिएका थिए।









