रङ्बुल ग्राम पञ्चायतको नयाँ भवन निर्माणको लागि शिलान्यास

IMG-20240903-WA0303

सोनादा: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन, दार्जीलिङ अभियान्त्रिकी विभागको देखरेखमा रङ्बुल ग्राम पञ्चायतको नयाँ भवन निर्माणको लागि शिलान्यास गरिएको छ। उक्त नयाँ भवन निर्माणको लागि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका डेपुटी चेयरम्यान राजेस चौहानको बाहुलीबाट शिलान्यास सम्पन्न गरिएको छ। उक्त शिलान्यास कार्यक्रममा प्रमुख अतिथिको रुपमा जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान उपस्थित रहेका थिए भने विशिष्ठ अतिथिको रुपमा ग्राम पञ्चायत प्रधान योजना सुब्बा, उप-प्रधान फुर्बाडिकी शेर्पा, पञ्चायत समिति सदस्य याङ्गलमु शेर्पा, कमला योल्मो, जोरबंगलो-सुकेपोखरी पञ्चायत समिति कर्माध्यक्ष जीवन प्रधान, सहायक अभियन्ता, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन रवि राई, एसएई विद्या तामाङ, सचिव कमल लामा आदि उपस्थित रहेका थिए। कार्यक्रममा रङ्गबुल क्षेत्रको ११ वटा समाजका प्रतिनिधिगण, संयुक्त शिक्षक संगठन, भूतपूर्व सैनिक संगठन, रङ्गबुल चालक-मालिक संगठन, रङ्गबुल जीपी को-अपरेटिभ सोसाईटी, तितेपाती संघ (स्वनिर्भर दल) साथै सम्पूर्ण ग्राम पञ्चायत सदस्य-सदस्या अनि सम्पूर्ण कर्मचारीवृन्दको उपस्थिति रहेको थियो।

About Author

Advertisement