रङ्गीत रेस्क्यु सेन्टर वेलफेयर एसोसिएसनका अध्यक्षसित मुख्यमन्त्रीको भेटघाट

FB_IMG_1771754834726

गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले सामाजिक संजाल मार्फत उनको आधिकारिक निवासमा आज तिस्ता–राङ्गीत रेस्क्यु सेन्टर वेलफेयर एसोसिएसनका अध्यक्ष श्रीमती शान्ति राईको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग भेटघाट भयो भने।
संजालमा यसबारे उल्लेख गर्दै मुख्यमन्त्रीले तिस्ता र रङ्गीत नदीमा समयमै र साहसिक रूपमा उद्धार तथा खोज–उद्धार कार्य सञ्चालन गर्नुका साथै विविध मानवीय पहलमार्फत समाजसेवामा समर्पित रहँदै आएको यस एसोसिएसनको योगदान साँच्चिकै प्रशंसनीय छ भने। साथै विपद् तथा आपत्कालीन अवस्थामा उनीहरूको अटल प्रतिबद्धता, निःस्वार्थ समर्पण र सेवा गर्न सधैं तत्पर रहने भावनाले यस क्षेत्रभर जीवन सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै समुदायको सहनशीलता र सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्‍याएको अवगत गराए।

About Author

Advertisement