रघुनाथपुरमा माटो भासिएकोले भय

IMG-20230410-WA0169-11-300x172-13

हुगलीः हुगली जिल्लाको रघुनाथपुर ग्राम पञ्चायतको दक्षिणपाड़ा क्षेत्रमा माटो भासिएकोले स्थानीय मानिसहरूमा भय व्याप्त छ। गाउँलेहरूको भनाई छ, क्षेत्रको नहर जीर्णोद्धारको कारण यहाँ माटो भासिरहेछ। माटो भासिएको कारण गाउँका सड़कहरू भत्केका छन्। धेरैको घर पनि क्षतिग्रस्त भएको छ। स्थानीय मानिस वीथिका कलले भनिन्, जुन प्रकारले सड़क भासिएको छ, त्यसले गर्दा सड़क छेउ खड़ा ल्याम्प पोस्ट ढल्केको छ। तर यस परिस्थितिमा पनि स्थानीय मानिसहरू उक्त सड़कबाट आवागमन गर्नका लागि बाध्य छन्। यदि स्थिति यस्तै रहे यसले कुनै दिन ठूलो घटना निम्त्याउन सक्छ।

रघुनाथ पञ्चायतका प्रधान केष्टो मण्डलले भने, म पनि डराएको छु। मैले क्षेत्रको भ्रमण गरेको छु। मैले सिंचाई विभागसित सम्पर्क गरे। उसले पनि छिटोभन्दा छिटो यस समस्याको समाधान निकाल्न चाहन्छ।

-हिस

About Author

Advertisement