बिरगंज: नेपालसँग सिमाना जोडिएको भारतीय राज्य उत्तर प्रदेशको महाराजगञ्जमा गण्डक (नारायणी) नदीमा चार शव र कुशीनगरमा तीन शव फेला परेका छन्।
ती शवमा पाँच महिला र दुई पुरुषका छन्। नेपालमा आएको भीषण बाढीले ती शव बगाएर भारत पु¥याएको आशंका गरिएको बीबीसी हिन्दीले जनाएको छ।
सशस्त्र सीमा बल (एसएसबी)को उद्धार टोलीले नदीको निगरानी गर्दा तैरिरहेको अवस्थामा ती शव फेला परेका हुन्।
एसएसबीले मोटरबोट प्रयोग गरेर नदीबाट शव निकालेर महाराजगञ्ज र कुशीनगर जिल्ला सदरमुकाम पठाएको छ। शवको पहिचान हुन सकेको छैन।









