रक्तदान साथै हेल्थ चेक अप क्याम्प टिस्टा भेल्ली डीपी साइडमा हुने

Blood-Donation-copy

सिलगढी: ‘रक्तदान महादान’ भन्ने मुल मन्त्रलाई ध्यानमा राख्दै परियोजना सब क्लसटर टिस्टाभेल्लीको आयोजना अनि गोर्खा च्यारिटेबल हस्पिटल र हिमालयन वेल्फेयर अर्गनाइजेसनको सहयोगमा आगामी  २१ मईको दिन टिस्टा भेल्ली डीपी साइड  एमएसके  स्कूल भवनमा रक्तदान साथै स्वास्थ जाँच शिविर आयोजना गरिएको छ । सिलगढी रोटेरी ब्लड ब्यांकबाट ब्लड कलेक्सन टिम जाँदैछ भने मुखर्जी हस्पिटल सिलगढीका डाक्टरहरु क्रमैले स्त्रीरोग विशेषज्ञ, जेनेरल फिजिसियन, दाँतको डाक्टरहरू जानेछन्l नि:शुल्क स्वास्थ जाँच गर्ने छन् मुखर्जी हस्पिटलकै टिमले नि:शुल्क ब्लड ग्रुपिङ र सुगर टेस्ट गर्नेछन्।

यसै अवसरमा नानीहरू जसले उच्चतर माध्यमिकको परीक्षा दिएर बसेका छन् वा माध्यमिक परीक्षा पास गरेर बसेका छन् तिनीहरुको निम्ति होटल म्यानेजमेन्ट, पेथोलोजी,  नर्सिङ, क्याबिन क्रीउ आदि बारे केरियर काउन्सिलिङ पनि गराइने छ र इच्छुक नानीहरूलाई पनि त्यस दिन ठिक ११.३० बजे उक्त क्याम्प लाग्ने स्थान अर्थात डीपी साइड एमएसके स्कुल भवनमा  उपस्थित भइ दिने आग्रह गरिएको छ। उक्त क्याम्प बिहान  ११  बजेदेखि दिउँसो २ बजेसम्म चल्नेछ । यसबारेमा गोर्खा च्यारिटेबल साङठनिक समितिका सचिव तथा हिमालयन वेलफेयर अर्गनाइजेसनका अध्यक्ष सुरेन  प्रधानले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन्l

About Author

Advertisement