रक्तदान शिविर सम्पन्न

20-52-48-Capture2.png

सिलगढीः आज व्यवसायी कल्याण समितिको तर्फबाट सिलगढी टाउन स्टेशन रक्तदान शिविरको आयोजना गरियो। उक्त रक्तदान शिविर लोकनाथ बाबा अनि शनि महाराजको नयाँ मन्दिरको स्थापना गरिएको उपलक्ष्यमा आयोजित गरिएको बताइएको छ। शिविरमा धेरैजना मानिसहरूले रक्तदान गरे। आयोजक समितिको तर्फबाट आशीष पाल र रञ्जन कुण्डुले भने, विभिन्न ब्लड ब्याङ्कमा रगतको कमी रहेकोले गर्दा नै उक्त रक्तदान शिविरको आयोजना गरिएको हो। शिविरमा संग्रहित रगत उत्तरबंग मेडिकल कलेज एवं अस्पताल पठाइने छ।

About Author

Advertisement