सिलगढी। विश्व रक्तदान दिवस हो। यस अवसरमा डाबग्राम-फुलबारी ब्लकको डाबग्राम २ (ए) अञ्चल तृणमूल युवा कङ्ग्रेसका सभापति गौतम साहाको नेतृत्वमा तथा सिलगढी सूर्यनगर समाज कल्याण संस्थाको सहयोगमा मोबाइल रक्तदान शिविरको आयोजना गऱ्यो। उक्त शिविरमा महिलाहरूले पनि स्वेच्छाले रक्तदान गरिन्। उक्त शिविरमा ५० युनिटभन्दा अधिक रगत संग्रह गर्ने लक्ष्य राखिएको छ। शिविरमा संग्रह गरिएको रगत उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालको ब्लड ब्याङ्कमा पठाइनेछ।










