रंगबुलमा स्वनिर्भर दल लालीगुराँस उप सघंद्वारा भानु जयन्ती पालन

IMG-20250715-WA0129

सोनादा: रङ्गबुल सिधालाईन सार्वजनिक भवनमा स्वनिर्भर दल लालीगुराँस उप सघंद्वारा भानु जयन्तीको सुअवसरमा दीप प्रज्वलन गरेर रङ्गारङ्ग कार्यक्रम भगवती ठकुरीको अध्यक्षतामा सम्पन्न गरियो। उक्त कार्यक्रमलाई सञ्चालन गर्दै राधिका ठकुरीले डेंगुकाे राेग विषय र प्लास्टिककाे प्रयाेग कम गर्नुबारे जानकारी गराइन्। कार्यक्रममा सजिना ठकुरीद्वारा स्वागत भाषण राखेकी थिइन् भने भगवती ठकुरी, मनिरा छेत्री अनि नानीहरूद्वारा कविता वाचन राखेका थिए। कार्यक्रममा अतिथिहरु सुवास ठकुरी, लक्ष्मण ठकुरी, बीओडी मेम्बर बिष्णु दर्नाल साथै युनिस निर्जा सुब्बाले सम्बाेधन गरेका थिए। रङ्गबुल स्कूल नवौँ कक्षाका विद्यार्थी अन्जना सुब्बा अनि आयाेजक कमिटी स्वनिर्भर दललाई सुवास ठकुरीद्वारा सम्मान जनाउँदै स्मृति चिन्ह प्रदान गरिएको छ। उक्त कार्यक्रममा खेल, नृत्य अनि गीत प्रस्तुति पनि राखेका थिए। कार्यक्रममा पञ्चायत सदस्य इनाेस हाङ्ग सुब्बा, परिवार समाजका सभापति हेमन्त सिंह साथै सातवटा स्वनिर्भर दलका सम्पूर्ण सदस्याहरूकाे उपस्थिति रहेकाे थियो भनी सुवास ठकुरीले जानकारी दिएका छन्।

About Author

Advertisement