रंगबुलमा स्थायी एटीएमको मांगमा ज्ञापन-पत्र

IMG-20250807-WA0105

सोनादा: रंगबुलमा एटीएम स्थायी नभएको कारण सिधा लाइन परिवार समाजका महासचिव लक्ष्मण ठकुरीको सुझाव अनुसार रंगबुलका ११ वटा समाजहरूका सभापति र सचिवहरूलाई हस्ताक्षर साथै रबर स्ट्याम्ब लगाएको ज्ञापन-पत्र रुपेश छेत्रीको तर्फबाट पश्चिम बंगाल ग्रामीण ब्यांक रंगबुल शाखा प्रबन्धक रेशमा प्रधानलाई सुम्पने कार्य गरिएको छ।‌ शेरेप छिरीङ लेप्चाद्वारा उक्त आवेदन हस्तान्तरण साथै उनले रिजनलमा पनि पठाइदिने बताएका छन्। वर्तमान पश्चिम बंगाल ग्रामीण बैकलाई पञ्जाब नेशनल ब्यांकको निगरानीमा रहेको छ।

About Author

Advertisement