सोनादा: रंगबुल फुटबल एकाडेमीकोको आयोजनामा भइरहेको विन्टर फुटबल कोचिङ क्याम्प २०२६ को समापन भएको छ। उक्त विन्टर फुटबल कोचिङ क्याम्प विभिन्न कार्यक्रमहरूको साथ समापन भएको छ जसमा शिविर सहभागीहरूद्वारा प्रस्तुत सांस्कृतिक नृत्य, संगीता थापाद्वारा गायन प्रस्तुति र सम्मानित अतिथिहरूको उपस्थितिमा सम्पन्न गरिएको छ। कार्यक्रममा जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान, स्वर्गीय दावा माइला डुक्पाकी पत्नी लाक्पा डोमा भोटिया र रंगबुल पञ्चायत प्रधान योजना सुब्बा, पञ्चायत समिति याङ्लामु शेर्पा, पञ्चायत सदस्यहरू रञ्जिता सुब्बा र एनोशहाङ सुब्बा साथै युनाइटेड रंगबुल फुटबल क्लबका सदस्यहरू र अभिभावकहरू पनि उपस्थित रहेका थिए।

उक्त विन्टर फुटबल कोचिङ क्याम्प दुई महिनादेखि भईरहेको थियो भने यस्तो किसिमको फुटबल कोचिङ क्याम्प २०११ देखि लगातार रुपमा सञ्चालन भइरहेको छ। यस फुटबल कोचिङ क्याम्प सफलतापूर्वक सम्पन्न भएकोमा आयोजक समितिको तर्फबाट स्थानीयहरु, अभिभावकहरु र जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान, मादेन सुब्बा लगायत अन्यहरुलाई धन्यवाद दिइएको छ।











