रंगबुलको सङ्कटमोचन विनायक गणेश मन्दिरमा श्रीगणेश चतुर्थी पालन गरिने

IMG-20250826-WA0124

सोनादा: रंगबुल फाटकस्थित सङ्कटमोचन विनायक गणेश मन्दिरमा यस वर्ष पनि परम्परागत रूपमा श्रीगणेश चतुर्थी पर्व श्रद्धा र भक्तिभावसहित आयोजना गरिने भएको छ। पर्व २७ अगस्तदेखि ६ सेप्टेम्बर २०२५ सम्म सञ्चालन हुने भएको छ। मन्दिर समितिले दिएको जानकारी अनुसार, पर्व अवधिभर दैनिक बिहान १० बजीदेखि दिउँसो १:३० बजीसम्म नियमित पूजा–अर्चना हुनेछ भने सन्ध्याकालीन समयमा भजन–कीर्तन कार्यक्रम आयोजना गरिनेछ। अन्तिम दिन अर्थात् ६ सेप्टेम्बरमा बिहान ९ बजी हवन सम्पन्न गरिनेछ। त्यसपछि पूर्णाहुति, टीका–प्रसाद वितरण र भण्डारा आयोजना हुने समितिले जनाएको छ। कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापनपछि विसर्जन गरिनेछ। मन्दिर समितिले सम्पूर्ण भक्तजनलाई यस पावन पर्वमा सहभागी भई पुण्य लाभ लिन हार्दिक निमन्त्रण गरेको छ।

About Author

Advertisement