रंगपु नजिकै कारमा ढुंगा खस्दा चार जना घाइते

photocollage_202310272325147.jpg

सिलगढी: सेवक रंगपु रेल परियोजना नजिकै एउटा कार दुर्घटनामा परेको छ। मल्ली क्षेत्र वालुखोपे नजिकै कारमा भारी ढुंगा खस्दा चार जना गम्भीर घाइते भएका छन्। घटना शुक्रबार दिउँसो भएको हो। उक्त क्षेत्रको राष्ट्रिय राजमार्गमा सेवक रंगपु रेल आयोजनाको काम चलिरहेको बेला एक्कासी पहाडबाट गाडीमा भारी ढुंगा खसेको बताइएको छ ।यस घटनामा कारमा सवार चारै जना गम्भीर घाइते भएका छन्। उनलाई तत्काल कालिम्पोङ जिल्ला अस्पताल लगिएको थियो।

About Author

Advertisement