यो जीत जनताको जीत हो: अनित थापा

IMG-20230711-WA0365.jpg

खरसाङ: पञ्चायत चुनावमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको जीतप्रति प्रतिक्रिया दिन्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले य जीत जनताको जीत हो भनी बताएका छन्। पञ्चायत चुनावको मतगणना समय बिहानदेखि खरसाङमा रहेका पार्टी अध्यक्ष अनित थापाले खरसाङको बस टर्मिनसमा पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा भने, यो जीत जनताको हो। जनताले हाम्रो काम मन पराएको छ। जनताको सोच छ कि हामीले अझैं काम गर्नुपर्छ। हाम्रोप्रति जीतप्रति जननतीको योगदान छ। हामीलाई जनताले बिजय बनाएको हो।’ अनित थापाले अघि भने, हामी राज्य विषयमा कार्य गर्दैछौं। पञ्चायत व्यवस्था फर्काएर ल्याएका छौं। राजु विष्टले केन्द्र विषयमा कार्य गर्दैछ, गोर्खा जातिको चिन्हारीको लागि कार्य गर्नु हुँदैछ। चुनावको समय हामीले एका अर्कामा भनाभैरी गरौं होला।विपक्षीहरूलाई पनि लाग्यो होला तर अब सबै बिर्सेछ पहाड़को विकास गर्नलाई अघि आउनुपर्छ। गोर्खा जातिको सुरक्षाको लागि काम गर्नुपर्छ। क्षेत्रीयता बचाउनु थियो हामीले जितेर क्षेत्रीयता बचाएका छौं।’
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले निर्दलीयहरू विषयमा पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा भने, निर्दलीयहरू हामीसित काम गर्नलाई तयार छन्। उनीहरुले कसलाई समर्थन गर्दा विकास हुन्छ भन्ने कुरा बुझेका छन्। निर्दलीयहरू पार्टीको टिकट वितरणमा मन दुखाएका थिए। तर सबै घर फर्केर आउँछन्। तर पार्टीको विभिन्न स्थानहरूमा नयाँ कमिटी गठन गरिने विषयलाई पुन: दोहोराउँदै रिपोर्ट हेरेर पार्टीभित्र नयाँ कमिटी गठन गरेर नयाँ प्रकारले काम गर्नुपर्छ।’ अनित थापाले अझ भने, यो जीत जनताको सहयोगमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कार्यकर्ताहरूको योगदानको हो।तर यो जीतमा कसैलाई नदुखोस्। तर यो जीतले जिम्मेवारी बढ़ेको साथै जिम्मेवारी लिएर कार्य गर्ने गर्नेछौं।’
अनित थापाले आज नै खरसाङ खण्डको पञ्चायत समितिको लागि घैयाबारी ग्राम पञ्चायत एकबाट निर्विरोध रहेका अनु प्रधान छेत्रीलाई सभापतिको रूपमा नाम घोषणा गरेका छन्।

About Author

Advertisement