योक्सम व्रिवेरिजको नयाँ उत्पादनको शुभारम्भ जेकी श्रफले गर्ने

IMG-20220904-WA0200.jpg

गान्तोक: दक्षिण जिल्लाको मल्लीमा सञ्चालित योक्सम ब्रिवेरिजद्वारा उत्पादन गरिएको नयाँ बस्तु शुभारम्भ आगामी ११ सेप्टेम्बरको दिन गर्ने भएको छ। उक्त नयाँ बस्तुको उदघाटन वलिवुडका सुपर स्टार जेकी श्रफले गर्ने कम्पनीका निर्देशक उगेन छोपेलले जानकारी गराएका छन्। आज सिच्छेस्थित एक होटलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै छोपेलले उक्त जानकारी गराएका हुन्। राज्यमा १९८७ मा स्थापना गरिएको योक्सम ब्रिवेरिजले ३५ वर्षको अवधिमा धेरै सामाजिक काम गर्दै आइरहेको उनले दावी गरे। उक्त कम्पनीले प्रति वर्ष राज्य सरकारलाई राजस्वकोरूपमा १ सय करोड प्रदान गर्दै आइरहेको उनको भनाइ रहेको छ। यस कम्पनीले हालसम्म धेरै सामाजिक कार्य गरेको र तर प्रचार प्रसार भने नगरेको हुनाले अहिलेसम्म राज्यका मानिसहरूलाई राज्यप्रति कम्पनीको योगदानबारे थाह नभएको मन्तव्य प्रकट गरे। आगामी ११ सेप्टेम्बरको दिन वलिवुडका अर्का सुपर स्टार डेनी डेञ्जोङपाका छोरा रिञ्जिङ डेञ्जोङपा पनि उक्त कार्यक्रममा सहभागी बन्ने उनले बताए।

About Author

Advertisement