योक्समका सीमा चौकीमा भारी हिमपात, एसएसबीका जवान सतर्क

PHOTO-2026-01-04-08-50-48-860x1075

गान्तोक: सशस्त्र सीमा बल (एसएसबी) को ७२औँ बटालियन अन्तर्गत योक्सम क्षेत्रका सीमा चौकीहरूमा भारी हिमपात भएको छ। शनिबारदेखि सुरु भएको हिमपातका कारण सम्पूर्ण क्षेत्र सेतो हिउँले ढाकिएको छ।
एसएसबीले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार चुनौतीपूर्ण मौसम अवस्थाका बाबजुद पनि ७२औँ बटालियनका जवानहरू सीमा क्षेत्रमा शान्ति, सुरक्षा र सतर्कता कायम राख्न निरन्तर तैनाथ छन्। हिमपातका कारण उत्पन्न हुन सक्ने कुनै पनि परिस्थितिको सामना गर्न सुरक्षाकर्मीहरू पूर्ण रूपमा तयारी अवस्थामा रहेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा स्थानीय जनताको सुरक्षा तथा कल्याण सुनिश्चित गर्न जवानहरू निरन्तर सक्रिय रहेको जनाउँदै कठिन भौगोलिक र मौसमी अवस्थाबीच पनि सीमा सुरक्षाप्रतिको जिम्मेवारी निर्वाहमा कुनै कमी आउन नदिने प्रतिबद्धता व्यक्त गरिएको छ।
७२औँ बटालियन एसएसबीले कुनै पनि परिस्थितिमा राष्ट्रको सीमा सुरक्षा तथा जनताको शान्ति र सुरक्षाप्रति आफ्नो अडान कायम राख्ने स्पष्ट पारेको छ।

About Author

Advertisement