यूरो कप क्वालीफायर्सः क्रोएशिया र स्विट्जरल्याण्डले जिते पनि स्पेनको हार

IMG-20230329-WA0108.jpg

२९ मार्चः यूएफा यूरो कप २०२४ क्वालीफायर्समा क्रोएशिया, स्विट्जरल्याण्ड र वेल्सले जीत हासिल गरे पनि स्पेन चाहिँ पराजित भयो। मंगलवार राति खेलिएको ग्रुप डी-को म्याचमा क्रोएशियाले तुर्कीलाई २-०-ले पराजित गऱ्यो। तिमसाह एरेनामा ५४ प्रतिशत पोजेशनको साथ खेल्ने क्रोएशियाबाट दुवै गोल मातेओ कोवासिचले छिराए। उनले २०औं अनि मध्यान्तर अघि स्टपेज टाइमको चौथो मिनटमा गोल गरे। यस ग्रुपमा वेल्सले लात्विया विरुद्ध १-०-ले जीत हासिल गऱ्यो। कार्डिफ सिटी स्टेडियममा ७२ प्रतिशत पोजेशनको साथ खेल्ने वेल्सबाट एकमात्र गोल किफर मूरेले ४१औं मिनटमा छिराए। दुवै टीमसँग ४-४ पोइण्ट रहे पनि क्रोएशिया वेल्सभन्दा असल गोल अन्तरको आधारमा ग्रुपको शीर्ष स्थानमा रहेको छ।
यसरी नै ग्रुप आई-मा स्विट्जरल्याण्डले इज्रायललाई ३-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्डमा ७० प्रतिशत पोजेशनको साथ खेल्ने स्विस् टीमबाट रुबेन भार्गासले ३९औं, जेकी एमडोनीले ४७औं र सिल्वान विडमेरले ५२औं मिनटमा गोल गरे। यस ग्रुपमा रोमानियाले पनि जीतको क्रम जारी राख्दै बेलारुस विरुद्ध २-१-ले जीत हासिल गऱ्यो। ग्रुपमा स्विट्जरल्याण्ड र रोमानियासँग अहिले २-२ वटा म्याचपछि ६-६ पोइण्ट भए पनि गोल अन्तरको आधारमा स्विस् टीम शीर्ष स्थानमा रहेको छ। यस ग्रुपमा कोसोवो र एण्डोर्राबीचको म्याच १-१-ले ड्र रह्यो। यसबीच ग्रुप ए-मा चाहिँ स्कटल्याण्डले सबैलाई चकित पार्दै स्पेन विरुद्ध २-०-ले रोमाञ्चक जीत हासिल गऱ्यो। हेम्पडेन पार्कमा केवल २५ प्रतिशत पोजेशनको साथ खेल्ने स्कटिश टीमबाट दुवै गोल म्यानचेष्टर युनाइटेडका मीडफिल्डर स्कट म्याकटोमिनेले छिराए। उनले सातौं र ५१औं मिनटमा गोल गरे। ग्रुपमा जर्जिया र नर्वेबीचको म्याच चाहिँ १-१-ले ड्र रह्यो। ग्रुपमा अहिलेसम्म दुवै म्याच जित्ने स्कटल्याण्ड ६ पोइण्टको साथ शीर्ष स्थानमा रहेको छ। दोस्रो स्थानमा रहने स्पेनसँग ३ पोइण्ट रहेको छ।

About Author

Advertisement