गान्तोक: यूनियन ब्याङ्क अफ् इन्डियाबाट ऋण लिएर फिर्ता नगरेको भन्दै व्याङ्कले कर्म नर्बु भोटियाको घर आज सिल गरियो। व्याङ्का एक अधिकारीले जानकारी गराए अनुसार उक्त व्यक्तिले सात करोड रूपियाँ यूनियन ब्याङ्कबाट ऋण लिएका थिए तर अहिलेसम्म फिर्ता नगरेकोले वाध्य भएर व्याङ्कले गान्तोकको ठाडोबाटोमा रहेको भोटियाको भवनलाई सिल गरेको हो। धेरै दिनसम्म पनि ऋण फिर्ता नगरेको कारण व्याङ्क घर सिल गर्न वाध्य भएको उनलेजानकारी गराए। सात करोड ऋण लिएर र अहिले सुदी जोडदा १० करोड भन्दा अधिक भएको उनले दावी गरे। उनको भनाइ अनुसार भोलि आरिथाङमा रहेको भोटियाको अर्को घर पनि सिल गरिने भएको छ। यो घरहरू सिल गर्नको निम्ति व्याङ्कले सबै प्रकारको कानुनी प्रक्रिया पुरा गरिरहेको उनको जानकारी गराए।










