यूएस ओपनमा च्याम्पियन बनेर इतिहास रचे १९ वर्षीय कार्लोस अल्कारेजले

photocollage_202291212558941.jpg

१२ सेप्टेम्बरः स्पेनका १९ वर्षीय युवा खेलाड़ी कार्लोस अल्कारेजले यूएस ओपन टेनिस टुर्नामेण्टमा पुरुष एकलको खिताब जिते। यसको साथै उनले केवल १९ सालको उमेरमा विश्वको नम्बर एक खेलाड़ी बन्ने विश्व रेकर्ड पनि बनाए। फाइनल म्याचमा अल्कारेजले नर्वेका कास्पर रुडलाई ६-४, २-६, ७-६, ६-३-ले पराजित गरे। रुड यस साल दोस्रोपल्ट ग्राण्ड स्ल्याम फाइनलमा पुगेका थिए तर दुवैपल्ट उनी हारको सम्मुखीन भए। यसअघि फ्रेञ्च ओपनको फाइनलमा उनलाई स्पेनका दिग्गज खेलाड़ी रफायल नडालले पराजित गरेका थिए। तेस्रो वरीयता प्राप्त अल्कारेजले फाइनल म्याच ३ घण्टा २० मिनटमा जिते। यस जीतको साथै अल्कारेज एटीपी ऱ्यांकिंगमा विश्वका नम्बर एक खेलाड़ी बनेका छन्। एटीपी ऱ्यांकिंगको शुरुवात ४९ साल अघि १९७३-मा भएको थियो। अल्कारेज विश्वका नम्बर एक खेलाड़ी बन्ने पहिलो टीनएजर खेलाड़ी हुन्। यसअघि यो रेकर्ड अष्ट्रेलियाका लेटन हेविटको नाममा रहेको थियो। हेविट २० वर्ष ८ महिना अनि २३ दिनको उमेरमा १९ नोभेम्बर २००१-मा विश्वका नम्बर एक टेनिस खेलाड़ी बनेका थिए।
फाइनल म्याचमा जीत हासिल गर्न सकेको भए २३ वर्षीय रुडसँग पनि विश्वका नम्बर एक खेलाड़ी बन्ने मौका रहेको थियो तर उनले सफलता हासिल गर्न सकेनन्। फाइनलमा पहिलो सेट हारेपछि रुडले दोस्रो सेट जितेर खेलमा पुनरागमनको संकेत दिए। अल्कारेजले पनि तेस्रो सेट टाईब्रेकरमा जितेर नर्वेका खेलाड़ीमाथि दबाउ सृष्टि गरे। अन्तमा स्पेनका युवा खेलाड़ीले चौथो सेट पनि जितेर म्याच अनि ट्रफी दुवै झोलीमा हाले। न्यूयोर्कमा दुई हप्तादेखि आफ्नो एक्रोबेटिक शट् र असाधारण जोशको साथ प्रशंसकहरूलाई रोमाञ्चित गर्ने अल्कारेजले रुसका डेनिल मेदवेदेवलाई हटाएर शीर्ष ऱ्यांकिंग हासिल गरेका छन्।
अल्कारेजको यो पहिलो ग्राण्ड स्ल्याम खिताब हो। उनी पहिलोपल्ट ग्राण्ड स्ल्यामको फाइनलमा पुगेका थिए। साल २००५-मा रफायल नडालले फ्रेञ्च ओपन जितेपछि १९ वर्षीय अल्कारेज सबैभन्दा कम्ती उमेरका ग्राण्ड स्ल्याम विजेता हुन्। यसबाहेक उनी गत ३२ वर्षमा यूएस ओपनको खिताब जित्ने सबैभन्दा युवा खेलाड़ी हुन्। अल्कारेज गत वर्ष यूएस ओपनको क्वार्टर फाइनलमा पराजित भएका थिए। यस साल फ्रेञ्च ओपनमा पनि उनले क्वार्टर फाइनलसम्मको यात्रा तय गरेका थिए। यूएस ओपनमा च्याम्पियन भएपछि अल्कारेजले भने, यसको सपना म वाल्यकालदेखि नै देख्थे। विश्वको नम्बर एक खेलाड़ी बन्ने अनि ग्राण्ड स्ल्याम च्याम्पियन बन्ने। यसको निम्ति मैले कठोर मेहनत गरे। मैले आफ्नो टीम अनि परिवारसँग धेरै मेहनत गरे।

About Author

Advertisement