४ सेप्टेम्बरः स्पेनका दिग्गज खेलाड़ी रफायल नडालले एकतर्फी म्याचमा फ्रान्सका रिचर्ड गास्केटलाई ६-०, ६-१, ७-५-ले पराजित गरी यूएस ओपन टेनिस च्याम्पियनशीपको चौथो राउण्डमा प्रवेश गरे। विश्वका दोस्रो नम्बरका खेलाड़ी नडाललाई यसअघिको म्याचमा आफ्नै ऱ्याकेटले नाकमा चोट लागे पनि २२ पल्टका ग्राण्ड स्ल्याम विजेताले अहिले कुनै समस्या नरहेको बताए। नडालले अब अमेरिकाका फ्रान्सिस टियाफो विरुद्ध खेल्नेछन्। यसबीच आन्द्रेई रुबलेवले चार घण्टाभन्दा अधिक समयसम्म चलेको म्याचमा विश्वका १९औं नम्बरका खेलाड़ी डेनिस शापोवालोवलाई ६-४, २-६, ६-७, ६-४, ७-६-ले पराजित गरे। अब उनको सामना सातौं ऱ्याङकिंग भएका क्यामरन नोरीसँग हुनेछ। यसरी नै स्पेनका कार्लोस अल्कराज लगातार दोस्रोपल्ट यूएस ओपनको चौथो राउण्डमा पुग्ने पीट सम्प्रासपछि सबैभन्दा युवा खेलाड़ी बने। सम्प्रासले १९८९ र १९९०-मा यस उपलब्धिलाई हासिल गरेका थिए। उन्नाईस वर्षीय अल्कारेजले जेन्सन ब्रूक्सबीलाई ६-३, ६-३, ६-३-ले पराजित गरे। महिला एकलमा जेसिका पेगुलाले क्वालीफायर युआन यूइलाई ६-२, ६-७, ६-०-ले पराजित गरी पहिलोपल्ट यूएस ओपनको चौथो राउण्डमा प्रवेश गरिन्। यसरी नै पेट्रा क्वितोवाले गारबाइन मुगुरुजालाई ५-७, ६-३, ७-६-ले पराजित गरिन्।










