यूएफा नेशन्स लीगः स्विट्जरल्याण्ड विरुद्ध पोर्तुगलको हार, स्पेनको जीत

IMG-20220613-WA0119.jpg

१३ जूनः स्पेनले लगातार दोस्रो जीतको साथ यूएफा नेशन्स लीग फूटबलमा आफ्नो छाप छोड़्यो भने स्टार स्ट्राईकर क्रिस्टियानो रोनाल्डोको अनुपस्थितिमा पोर्तुगल चाहिँ हारको सम्मुखीन भयो। आइतवार राति खेलिएको ग्रुप बी-को म्याचमा स्विट्जरल्याण्डले पोर्तुगललाई १-०-ले पराजित गऱ्यो। म्याचमा ५८ प्रतिशत पोजेशनको साथ खेल्ने पोर्तुगलले स्विस् टीमको रक्षापंक्तिलाई व्यस्त राखे पनि गोल गर्न सकेन। यसको विपरीत हेरिस सेफेरोविचले पहिलो मिनटमै हेडरद्वारा दिलाएको गोलको सहायताले स्विट्जरल्याण्डले रोमाञ्चक जीत हासिल गऱ्यो। यसै ग्रुपको अन्य एउटा म्याचमा स्पेनले चेक रिपब्लिकलाई २-०-ले पराजित गऱ्यो। प्रतियोगितामा पहिलो दुईवटा म्याच ड्र गरेपछि स्पेनको यो लगातार दोस्रो जीत हो। म्याचमा ७६ प्रतिशत पोजेशनको साथ खेल्ने स्पेनिश टीमबाट कार्लोस सोलेरले २४औं र पाब्लो साराबियाले ७५औं मिनटमा गोल गरे। यी दुईवटा म्याचपछि स्पेन ४ वटा म्याचमा ८ पोइण्टको साथ ग्रुपको शीर्ष स्थानमा पुग्यो भने ७ पोइण्टको साथ पोर्तुगल दोस्रो स्थानमा रहेको छ। चेक रिपब्लिक (४ पोइण्ट) तेस्रो र स्विट्जरल्याण्ड (३) चौथो स्थानमा रहेको छ।

यसरी नै ग्रुप जे-मा ग्रीसले कोसोवोलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमले म्याचको दुवै गोल अन्तिम समयमा हासिल गऱ्यो। यसै ग्रुपमा नर्दन आयरल्याण्ड र साइप्रसबीचको म्याच २-२-ले ड्र रह्यो। ग्रीस चारैवटा म्याच जितेर १२ पोइण्टको साथ शीर्ष स्थानमा रहेको छ। ग्रुप एच-मा स्लोवेनिया र सर्बियाबीचको म्याच २-२-ले ड्र रह्यो। यसरी नै नर्वेले स्वीडेन विरुद्ध ३-२-ले जीत हासिल गऱ्यो। ग्रुप एच-मा नर्वे १० पोइण्टको साथ पहिलो अनि सर्बिया ७ पोइण्टको साथ दोस्रो स्थानमा रहेको छ। यसबीच ग्रुप एल-मा नर्थ मेसिडोनियाले जिब्राल्टरलाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमले म्याचको चारैवटा गोल मध्यान्तर अघि हासिल गऱ्यो। यस ग्रुपमा जर्जिया र बुल्गेरियाबीचको म्याच चाहिँ गोलरहित ड्र (०-०)-मा समाप्त भयो। ग्रुप एल-मा जर्जिया १० पोइण्टको साथ पहिलो अनि नर्थ मेसिडोनिया ७ पोइण्टको साथ दोस्रो स्थानमा रहेको छ।

About Author

Advertisement