यूएफा नेशन्स लीगः पोर्तुगल विरुद्ध स्पेनको रोमाञ्चक जीत

२८ सेप्टेम्बरः यूएफा नेशन्स लीग फूटबल प्रतियोगितामा स्पेनले पोर्तुगल विरुद्ध रोमाञ्चक जीत हासिल गऱ्यो। यसरी स्विट्जरल्याण्ड र ग्रीस पनि आ-आफ्नो म्याच जित्न सफल भयो। मंगलवार राति खेलिएको ग्रुप बी-को हाई भोल्टेज म्याचमा स्पेनले शक्तिशाली पोर्तुगललाई १-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्डमा खेल्ने मौका पाए पनि पोर्तुगलले म्याचमा अधिक मौका सृष्टि गर्न सकेन। स्पेनले ६८ प्रतिशत पोजेशनको साथ खेल्दै होम टीममाथि लगातार दबाउ सृष्टि गऱ्यो। यसैको फलस्वरूप अनुभवी अल्भारो मोराटाले ८८औं मिनटमा गोल गरी स्पेनलाई बढ़त दिलाए। अन्तमा त्यही बढ़त निर्णायक साबित भयो। यसै ग्रुपको अन्य एउटा म्याचमा स्विट्जरल्याण्डले चेक रिपब्लिकलाई २-१-ले पराजित गऱ्यो। यस रोमाञ्चक म्याचमा स्विस् टीमबाट रेमो फ्रेउलरले २९औं र ब्रील एम्बोलोले ३०औं मिनटमा गोल गरे। चेक रिपब्लिकको टीमबाट एकमात्र गोल पेट्रिक शिकले ४५औं मिनटमा छिराए। ग्रुपमा स्पेन ६ वटा म्याचमा ११ पोइण्टको साथ शीर्ष स्थानमा रहेको छ। यसरी नै दोस्रो स्थानमा रहने पोर्तुगलसँग १० पोइण्ट रहेको छ। प्रतियोगितामा पहिलो तीनवटा म्याच हारेपछि लगातार तीनवटा म्याच जित्ने स्विट्जरल्याण्ड चाहिँ ९ पोइण्टको साथ तेस्रो स्थानमा रहेको छ।

यसरी नै ग्रुप जे-मा ग्रीसले नर्दर्न आयरल्याण्ड विरुद्ध ३-१-ले जीत हासिल गऱ्यो। यस ग्रुपमा कोसोवोले साइप्रसलाई ५-१-ले पराजित गऱ्यो। ग्रीस १५ पोइण्टको साथ ग्रुपको शीर्ष स्थानमा रहेको छ। ग्रुप ई-मा युक्रेन र स्कटल्याण्डबीचको म्याच गोलरहित ड्र (०-०)-मा समाप्त भयो। यसरी नै आयरल्याण्डले अर्मेनियालाई ३-२-ले पराजित गऱ्यो। यस ग्रुपमा स्कटल्याण्ड १३ पोइण्टको साथ शीर्ष स्थानमा रहेको छ। यसरी नै दोस्रो स्थानमा रहने युक्रेनसँग ११ पोइण्ट रहेको छ। मंगलवार राति खेलिएका अन्य म्याचहरूमा सर्बियाले नर्वेलाई २-०-ले अनि एस्टोनियाले सान मारिनोलाई ४-०-ले पराजित गऱ्यो।

About Author

Advertisement