यूएफा च्याम्पियन्स लीगः रियल म्याड्रिड, म्यानचेष्टर सिटी र पीएसजीको ड्र, युभेण्टसको निराशाजनक हार

photocollage_202210121164551.jpg

१२ अक्टोबरः प्रतिष्ठित यूएफा च्याम्पियन्स लीग फूटबल प्रतियोगितामा मंगलवार राति केही अप्रत्याशित परिणाम देख्न पाइयो। चेल्सीले आफ्नो म्याच जिते पनि गत विजेता रियल म्याड्रिड, म्यानचेष्टर सिटी र पेरिस सेण्ट जर्मेन चाहिँ ड्र-मा अल्झियो। यसको साथमा युभेण्टस चरम निराशाजनक हारको साथ प्रतियोगिताबाट बाहिर हुने संघारमा पुग्यो। चेल्सीले ग्रुप ई-को म्याचमा इटलीको अग्रणी टीम एसी मिलानलाई २-०-ले पराजित गऱ्यो। फिकायो तोमोरीले १८औं मिनटमा रातो कार्ड देखेपछि दशजना खेलाड़ीमा सीमित हुने एसी मिलानले आफ्नो होम ग्राउण्ड सान सिरोमा चेल्सी समक्ष कुनै चुनौती पेश गर्न सकेन। प्रीमियर लीग क्लबबाट जोर्गिन्होले २१औं मिनटमा पेनल्टीबाट गोल गरे। त्यसपछि पिएर-एमरिक औबामेयांगले ३४औं मिनटमा अझ एक गोल गरी चेल्सीलाई २-०-ले जीत दिलाए। यसै ग्रुपमा आरबी साल्जबर्ग र डिनामो जाग्रेबबीच खेलिएको म्याच चाहिँ १-१-ले ड्र रह्यो। ग्रुप ई-मा चेल्सी ४ वटा म्याचमा ७ पोइण्टको साथ शीर्ष स्थानमा रहेको छ। यसरी नै अष्ट्रियाको क्लब आरबी साल्जबर्ग ६ पोइण्टको साथ दोस्रो स्थानमा रहेको छ। तेस्रो स्थानमा रहने एसी मिलानसँग ४ पोइण्ट रहेको छ।

यसरी नै ग्रुप जी-मा लयमा रहने म्यानचेष्टर सिटीलाई एफसी कोपेनहेगनले गोलरहित ड्र (०-०)-मा अल्झायो। सर्जियो गोमेजले ३०औं मिनटमा रातो कार्ड देख्दा दशजना खेलाड़ीमा सीमित हुने म्यानचेष्टर सिटीले म्याचमा ५९ प्रतिशत पोजेशनको साथ खेले पनि गोल गर्न सकेन। म्याच ड्र भए पनि सिटी ४ वटा म्याचमा १० पोइण्टको साथ ग्रुपको शीर्ष स्थानमा कायम रह्यो। ग्रुपमा जर्मनीको क्लब बोरुसिया डर्टमण्ड र स्पेनिश क्लब सेविलेबीच खेलिएको म्याच पनि १-१-ले ड्र रह्यो। डर्टमण्ड अहिले ७ पोइण्टको साथ ग्रुपको दोस्रो स्थानमा रहेको छ। यसबाहेक ग्रुप एच-मा शक्तिशाली पेरिस सेण्ट जर्मेन (पीएसजी)-लाई पोर्तुगलको क्लब बेनफिकाले १-१-को ड्र-मा अल्झायो। आफ्नो होम ग्राउण्डमा ६२ प्रतिशत पोजेशनको साथ खेल्ने पीएसजी-लाई कीलियन एम्बाप्पेले ३९औं मिनटमा पेनल्टीबाट गोल गरी बढ़त दिलाए। त्यसपछि दोस्रो हाफमा बेनफिकाले बराबरी हासिल गऱ्यो। पोर्तुगीच क्लबबाट जोआओ मारियोले ६२औं मिनटमा पेनल्टीबाट गोल गरे। यस म्याचपछि पीएसजी र बेनफिका दुवैको ४-४ वटा म्याचपछि ८-८ पोइण्ट पुग्यो तर गोल अन्तरको आधारमा फ्रान्सको क्लब शीर्ष स्थानमा रहेको छ। यसै ग्रुपको अन्य एउटा म्याचमा चाहिँ इटलीको शीर्ष क्लब युभेण्टस चरम निराशाजनक हारको सम्मुखीन भयो। मासिमिलियानो अलेग्रीको टीमलाई इज्रायलको क्लब माक्काबी हाइफाले २-०-ले पराजित गऱ्यो। म्याचमा विजेता टीमबाट ओमेर अट्जिलीले सातौं र ४२औं मिनटमा गोल गरे। यसरी ४ वटा म्याच खेलेर तेस्रोपल्ट हारको सम्मुखीन हुने युभेण्टस ३ पोइण्टको साथ गोल अन्तरको आधारमा तेस्रो स्थानमा रहन पुग्यो।

ग्रुप एफ-मा गत विजेता रियल म्याड्रिड पनि औसत प्रदर्शन गर्दै हार्नदेखि बाँच्यो। आफ्नो होम ग्राउण्डमा खेल्दै युक्रेनको क्लब शाख्तर डोनेस्कले रियल म्याड्रिडलाई १-१-को ड्र-मा रोक्यो। ओलेक्साण्ड्र जुबकोवले ४६औं मिनटमा दिलाएको गोलको सहायताले युक्रेनको क्लब जीतको नजिक पुगिसकेको थियो। चरम दबाउबीच एण्टोनीओ रुडिगेरले स्टपेज टाइमको पाँचौं मिनटमा गोल गरी रियललाई हारको सम्मुखीन हुनदेखि बचाए। यस ग्रुपको अन्य एउटा म्याचमा जर्मन क्लब आरबी लिपजिगले स्कटल्याण्डको टीम सेल्टिकलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट टीमो वेर्नरले ७५औं र एमिल फोर्सबर्गले ८४औं मिनटमा गोल गरे। ग्रुप एफ-मा रियल १० पोइण्टको साथ शीर्ष स्थानमा रहेको छ। यसरी नै दोस्रो स्थानमा रहने आरबी लिपजिगसँग ६ पोइण्ट रहेको छ।

About Author

Advertisement