युवा वेटलिफ्टर साईराज परदेसी डोप टेस्टमा पोजिटिभ

IMG-20260408-WA0047

नयाँ दिल्ली: अहमदाबादमा गत वर्ष कमनवेल्थ वेटलिफ्टिंग (भारोत्तोलन) च्याम्पियनशीपमा महाराष्ट्रका साईराज परदेसीले एकाधिक रेकर्डको साथ स्वर्ण पदक जित्दा खेल मन्त्रालयदेखि लिएर भारतीय भारोत्तोलन महासंघसम्मले खुशी व्यक्त गरेको थियो। साईराजको प्रदर्शन नै चमत्कारी रहेको थियो। उनले ८८ किग्रा भार वर्गमा ३४८ किग्रा ओजन उठाएका थिए। यस भार वर्गमा देशको निम्ति यसअघि यस्तो प्रदर्शन कसैले गरेका थिएनन् अनि उनलाई यस साल ग्लास्गोमा हुने कमनवेल्थ गेम्समा स्वर्ण पदक जित्ने दावेदार मानिएको थियो तर त्यही प्रदर्शन साईराजको निम्ति समस्या बन्यो। खेल मन्त्रालय र साई (भारतीय खेल प्राधिकरण)-लाई गरिएको नालिश अनुसार, साईराजलाई उनलाई डोपमा फसाउने षड़यन्त्र चलिरहेको थाहा लागेको थियो। यस षड़यन्त्रपछि अरू कोही नभएर क्याम्पमा सामेल प्रशिक्षक रहेको आरोपमा बताइएको थियो। साईराजले त्यससपछि खेल मन्त्राल, साई र भारोत्तोलन महासंघलाई प्रशिक्षकविरुद्ध डोपमा फसाउने षड़यन्त्र गरेको नालिश गरेका थिए। महासंघले पनि तुरन्त जाँच शुरु गरेको थियो। नालिश गरिएको लगभग ४ महिना भएको थियो अनि जाँच पनि पूरा भएको थिएन तर यसबीच नाडाद्वारा आउट अव् कम्टीटिशन डोप टेस्टमा साईराजलाई पोजिटिभ पाइयो। उनको नमूनामा स्टेरोयड मेस्टोनेलान पाइएको छ। साईराजमाथि अस्थायी प्रतिबन्ध लगाइएको छ। अब नाडाको हियरिंग प्यानल समक्ष आफ्नो निर्दोषिता साबित गर्न नसके उनले कमनवेल्थ गेम्समा हिस्सा लिन सक्नेछैनन्। साईराजको नालिश अनुसार, एनआईएस पटियालामा क्याम्पमा एकजना साथीले सुनाएको रेकर्डिंगले उनको होश उड़ाएको थियो। एकजना महिला प्रशिक्षकले उनलाई खानामा केही मिलाएर डोपमा फसाउनु भनेको साथीले रेकर्डिंगमा सुनाएका थिए। जाँच कमिटीले सबूत माग्दा साईराजलाई उनका साथीले प्रशिक्षकको रेकर्डिंग दिन अस्वीकार गरेका थिए। साईराजले गत वर्ष अगस्तमा कमनवेल्थ च्याम्पियनशीपमा स्वर्ण पदक जितेका थिए। उनले २४ अक्टोबरमा खेल मन्त्रालयमा नालिश दर्ता गरेका थिए अनि यस वर्ष फरवरीमा उनी डोपमा फसेका थिए, जसको डोप रिपोर्ट अहिले अघि आएको छ। यसअघि अक्टोबर र दिसम्बरमा भएको टेस्टमा चाहिँ उनी नेगेटिभ आएका थिए। यसअघि रियो ओलम्पिक अघि पनि पहलवान नरसिंह यादवले उनको भोजनमा मिलावट गरेर डोपमा फसाएको आरोप लगाएका थिए। नाडाको सुनुवाईपछि नरसिंहलाई मुक्त गरिएको थियो तर रियो पुग्नको साथै वाडाको सुनुवाईमा उनीमाथि प्रतिबन्ध लगाइएको थियो। यसैकारण उनी रियोबाट फर्किनु परेको थियो। अब साईराजले पनि षड़यन्त्रलाई साबित गर्न नसके उनीमाथि ४ सालको प्रतिबन्ध लाग्न सक्छ।

About Author

Advertisement