युवा गायक प्रणय गुरुङ पितृ शोकमा

IMG-20260306-WA0075

खरसाङ: युवा गायक प्रणय गुरुङ पितृ शोकमा परेका छन्।‌ उनको पिता दुर्गा गुरुङको ६८ वर्षको उमेरमा बिहीबार साँझ निधन भएको छ। उनी केही समयदेखि गम्भीर रोगले पिढीत रहेका थिए। खरसाङ महकुमा अन्तर्गत सिटोङ एक ग्राम पञ्चायतको गुरुङ गाउँ निवासी युवा गायक आफ्नो केही चर्चित गीतहरुले वर्तमान युवा पुस्तामा निक्कै प्रसिद्ध बनेका छन्। उनी अहिले पितृ शोकमा परेका छन्। उनको पिता दुर्गा गुरुङले आफुपछि पत्नी बिनीता छेत्री गुरुङ, जेठा छोरा प्रणय गुरुङ, कान्छा छोरा प्रभास गुरुङ, बुहारी,‌ नाति र आफान्तजन छोडि गएका छन्। उनको अन्तिम संस्कार खरसाङ महकुमा अन्तर्गत सिटोङ एक ग्राम पञ्चायतको गुरुङ गाउँमा गरिएको छ। उनको अन्त्येष्टि कार्य आगामी १७ मार्च २०२६ को गरिने भएको पारिवारिक सूत्रबाट जानकारी प्राप्त भएको छ।

About Author

Advertisement