युवाहरुलाई रोजगार दिने वाचाको साथमा युवा उद्दमी निर्दलीय उम्मेद्वारको रुपमा चुनाव मैदानमा

IMG-20260405-WA0068

कसैको भोट काट्न आएको होइन तर युवाहरुलाई रोजगार दिन आएको छु: मोहन शर्मा

खरसाङ: युवाहरुलाई रोजगार दिने वाचाको साथमा चुनावी मैदानमा उत्रिएका खरसाङ विधानसभा समष्टिको लागि निर्दलीय उम्मेद्वार मोहन शर्माद्वारा आईतवार खरसाङमा पत्रकार सम्मेलन आयोजना गरेर आफु कसैको भोट काट्न आएको होइन र कसैलाई साथ दिन पनि आएको होइन अनि आफु कुनै राजनीति गर्न पनि आएको होइन तर युवाहरुलाई रोजगार दिनु नै आफ्नो प्रमुख प्राथमिकता रहेको बताएका छन्‌। सिलगढीको दार्जिलिङ मोड निवासी मोहन शर्मा एकजना युवा उद्यमी हुन् जसले मानव संसाधन क्षेत्रमा विगत १३ वर्षदेखि लगातार रुपमा काम गर्दै ८ हजार युवाहरुलाई रोजगार दिईसकेको बताएका‌ छन्। उनले खरसाङको एक होटलमा पत्रकार सम्मेलन गरेर खरसाङ विधानसभा समष्टिबाट चुनाव लड्नुको कारण र चुनावमा आफ्नो चुनावको मुद्दा विषयमा जानकारी गराएका छन्। उनले पत्रकारहरुले सोधेका प्रश्नको उत्तर दिन्दै भने, म उत्तर बंगालका सम्पूर्ण गोर्खाहरुलाई सम्बोधन गर्न चाहान्छु। म केवल बेरोजगार युवाहरुलाई रोजगार दिन आएको र बेरोजगार युवाहरूका‌ लागि रोजगारको समाधान लिएर आएको छु। युवाहरुलाई रोजगार दिनु विशेष रुपमा स्किल डेभलपमेन्ट गराउनु आवश्यक रहेको छ र खरसाङ क्षेत्रमा स्किल डेभलपमेन्ट कार्यालयहरु खोलेर युवाहरुलाई सक्षम बनाएर रोजगार दिन चाहन्छु। घरको एकजना युवालाई रोजगार दिन सके एउटा परिवारको आर्थिक अवस्था सुधार्न सकिन्छ।’
निर्दलीय उम्मेद्वार मोहन शर्माले एक प्रश्नको उत्तरमा भने, मैले युवाहरुलाई रोजगार दिने जिम्मेवारी लिएको छु भने अरुले गोर्खाको परिचय संकटको विषयमा जिम्मेवारी लिनुपर्छ। कसैले पहाडमा शान्ति र विकासको लागि जिम्मेवारी लिनुपर्छ। त्यसरी नै अरुले अरु विषयमा पनि जिम्मेवारी लिएर काम गर्नुपर्छ।’
उनले अझ भने म विस्तारै काम गर्दै जानेछु। विस्तारै मेरो भिजनमा काम गर्दै जानेछु। मलाई जिताएर विधायक बनाएको खण्डमा दश गुणा बढी काम गर्न सक्छु र यदि म हारे भने पनि मेरो काम लगातार रुपमा गरिरहने नै छु र युवाहरुलाई रोजगार दिने काम लगातार रुपमा गर्नेछु।’
मोहन शर्माले अघि भने, ‘म अचानक आएको होइन तर ठूलो भिजन लिएर आएको छु। म विस्तारै काम गर्दै जानेछु। विस्तारै मेरो भिजन सबैले बुझ्दै जानेछन्।’
शर्माले भने, चुनाव लड्नु मात्र मेरो मुद्दा होइन तर रोजगार दिनु मेरो नै मेरो मूल मुद्दा हो।‌ मलाई जिताउनु भनेको प्रत्येक घरको एकजनालाई काम दिनु हो।‌ मेरो परिवर्तन भनेको हरेक घरको आर्थिक अवस्थालाई सुधार गरेर परिवर्तन गर्नु हो। मेरो भिजनलाई मन परेमा‌ मलाई भोट दिन सक्नु हुनेछ।’
खरसाङलाई नै किन रोज्नुभयो भन्ने प्रश्नको उत्तरमा मोहन शर्माले भने, सिलगढी र खरसाङमा भिन्नता छ किनभने खरसाङमा नै रहेर काम गर्नु भनेको आफ्नो गोर्खा जातिको लागि काम गर्नु हो। सिलगढीमा त काम गरिरहेको नै छु। मैले खरसाङमा चुनाव अघि काम गर्ने योजना बनाएको थिएँ।
चियाबारी श्रमिकहरुको समस्या समाधानको विषयमा बोल्दै उनले भने, चियाबारी श्रमिकहरु एकबध्द भएर अघि आउनुपर्छ। यसको लागि योजनाबध्द तरिकाले काम गर्नुपर्छ। विशेष सात दिनको योजना बनाएर काम गर्न आवश्यक छ।’
उनले आफुले जिते पनि हारे पनि खरसाङको लागि काम गर्ने र खरसाङ क्षेत्रका युवाहरुलाई रोजगार दिने जिम्मेवारी आफ्नो रहेको बताएका छन्‌। उनले आफु विधायक भएर गएको खण्डमा अझ दश गुणा बढी काम गर्न सजिलो हुने बताए। उनले युवाहरुलाई रोजगार दिने प्रसंगमा स्थानीय तहमा, राष्ट्रिय तहमा र अन्तर्राष्ट्रिय तहमा काम गर्ने योजना बनाएको पनि बताएका छन्।

About Author

Advertisement