युवासाथी प्रकल्पको फारम भरिने कार्य शुरु

IMG-20260215-WA0099

खरसाङ: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीको प्रयासमा राज्यका युवासाथी प्रकल्पमा २१ वर्षदेखि 40 वर्षसम्मका जसको योग्यता माध्यमिक उत्तीर्ण/आइसीएससी-का बेरोजगार युवा युवतीहरूलाई प्रति महिना १,५०० रूपियाँ आर्थिक सहायता प्रदान गर्न नाम दर्ता ( रेजिस्टेसन क्याम्प) १५ फरवरीदेखि २४ फरवरीसम्म क्याम्प लागिरहेको खरसाङ नगरपालिका उपाध्यक्ष सुवास प्रधानले जानकारी दिएका छन्। उनले उक्त आर्थिक सहायता प्राप्त गर्न सकुन भन्ने उद्देश्यले खरसाङ नगरपालिकाद्वारा वार्ड नम्बर १९ अन्तर्गत स्नोभ्यु (स्काउटस् एण्ड गाइड) मा वार्ड नम्बर १ देखि २० सम्मका युवायुवतीहरूले नाम दर्ता गर्न सक्नेछन् भनी अवगत गराएका छन्। समय बिहान १० बजीदेखि बेलुकी ५ बजीसम्म रहने जनाउँदै सुवास प्रधानले खरसाङ नगरपालिका अन्तर्गत जतिपनि खेती किसान गरेर आफ्नो जीविकोपार्जन गरिरहेका छन्। उनीहरूको निम्ति पनि प्रतिमहिना चार हजार रूपियाँ गरेर आर्थिक सहायता प्रदान गर्ने परियोजना रहेको छ। यसर्थ यसको पनि सबैले उपभोग गर्न सक्नेछन् भनी थप जानकारी दिएका छन्।

About Author

Advertisement