जलपाईगढी: कोलकाताको स्वैच्छिक सेवा संस्था जेकन फाउण्डेसनको तर्फबाट जलपाईगढी जिल्लाका विभिन्न ब्लकका शिक्षित बेरोजगार युवाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले जलपाईगढी शहरको ठाकुर पञ्चानन वर्मा सभा भवनमा विशेष चयन सत्र आयोजित गरियो। विशेष छनोट चरणमा उपस्थित तेसिम्ला ग्राम पञ्चायत क्षेत्रका संस्थाका पर्यवेक्षक नेहाज नजमीले आफ्नो क्षेत्रका शिक्षित बेरोजगार युवालाई रोजगारीको अवसर प्रदान गर्न यहाँ ल्याएको बताए। यसैबीच ज्याकन फाउण्डेसनका अध्यक्ष पुलक मिस्त्रीले आवेदन दिएका २० प्रतिशत अस्वीकृत हुने र बाँकी ८० प्रतिशत यस जिल्लाका युवा–युवतीलाई निःशुल्क तालिम दिने बताए।








