युवक निखोज भएपछि परिवारका सदस्यहरूले पुलिस समक्ष लगाए गुहार

IMG-20230408-WA0112.jpg

फुलबारी: गत दुई दिनदेखि निखोज युवक फुलबारी १ नम्बर ग्राम पञ्चायतको पाचकेलगढी इलाका निवासी २३ वर्षीय प्रसेनजीत सरकारको रूपमा चिन्हित गरिएको छ ।प्रसेनजीत एउटा फार्मेसी काम गर्ने गर्दथे। शनिबार दिउँसो तिनी घरमा खाना खानको लागि आएपछि साँझ ६ बजी साइकलमा सवार भएर फेरि कामको लागि घरबाट निस्केका थिए। रात परेपछि पनि तिनी घर नआएपछि परिवारका सदस्यहरूले विभिन्न ठाउँमा तिनको खोजी गरे तापनि कुनै पत्तो लागेन। हिजो साँझ फुलबारीको कञ्चनबारी इलाकामा युवकको साइकल र छाता उद्धार भएको छ । परिवारका सदस्यहरूले न्यु जलपाईगढी थानामा युवक भएको बारेमा अभियोग दर्ता गरेको छ। त्यसपछि आज परिवारका सदस्यहरूले कञ्चनबारी संलग्न टिस्टा क्यानल इलाकामा युवकको खोजी शुरू गरेको छ।

About Author

Advertisement