खरसाङ: युनाईटेड खरसाङ फुटबल क्लबको सभा खरसाङको मन्टिभियट खेल मैदानमा सम्पन्न भएको छ। उक्त सभा युनाईटेड खरसाङ फुटबल क्लबको वर्तमान सभापति युर्गेन लामाको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा क्लबको नयाँ कमिटी गठन विषयमा चर्चा परिचर्चा गरिएको छ। सभामा क्लबको वर्तमान अवस्था विषयमा चर्चा परिचर्चा गर्दै क्लबको अधिकांश सदस्यहरू आफ्नो काम विशेषले खरसाङदेखि बाहिर रहेकोले यही रहेका सदस्यहरूलाई लिएर नयाँ कमिटी गठन गरिएको छ। युनाईटेड खरसाङ फुटबल क्लबको नयाँ कमिटीमा मुख्य संरक्षक अनित कुमार थापा, संरक्षकद्वय चेतन तिवारी र अरूण गुरुङ, मुख्य सल्लाहकार नवराज छेत्री, सल्लाहकारद्वय सुरज प्रधान, छिरिङ खाईबा, सभापति कल्याण लामा, उप सभापति महेन्द्र प्रधान र क्यानुट लेप्चा, सचिव विशाल शर्मा, सह सचिवद्वय अरविन्द छेत्री र रोशन गुरुङ, कोषाध्यक्ष गोपाल छेत्री, सह कोषाध्यक्ष प्रतिश्ना प्रधान, मुख्य तक्निकी सल्हाकार क्रिस्पिन छेत्री, तक्निकी सल्लाहकारहरू शेषमणि रुम्बा, इन्द्र प्रकाश लामा, कुमार मंग्राती, रितेस प्रधान, मुख्य प्रशिक्षक उर्गेन लामा, सहायक कोच मेघराज थापा, म्यानेजर उज्जवल लामा र पुरण मुखिया आदि रहेका छन्। सभामा युनाईटेड खरसाङ फुटबल क्लबको सबै सदस्यहरू उपस्थित रहेका थिए भने मासिक शुल्क बुझाउने सबै सदस्यहरूलाई कार्यकारी सदस्यहरूको रूपमा चयन गरिएको जानकारी प्राप्त भएको छ।








