१८ नोभेम्बरः माझीधुरा परमेण्ट युनाइटेड फूटबल क्लब (सुकिया पोखरी, दार्जीलिङ)-को तत्त्वावधानमा आयोजित ओपन फूटबल टुर्नामेण्टमा शुक्रवार तेस्रो प्री-क्वार्टर फाइनल म्याच खेलियो। माझीधुरा खेल मैदानमा भएको म्याचमा युनाइटेड रंगबूल फूटबल क्लब (यूआरएफसी)-ले पोख्रेबुंग एफसी-लाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल आदर्श तामाङले गरे। यस टुर्नामेण्टमा जम्मा २४ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २४ र २५ नोभेम्बरमा हुनेछ। यसरी नै फाइनल २७ नोभेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा सेमिफाइनलमा पुग्ने दुईवटा टीमलाई १०-१० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।










