युनाइटेड ब्रदर्स मैनागुड़ी गोल्ड कपको सेमिफाइनलमा

IMG_20220903_231934.jpg

३ सेप्टेम्बरः कालेबुङको अग्रणी टीम युनाइटेड ब्रदर्सले शुरुमै गोल खाए पनि असाधारण पुनरागमन गर्दै मैनागुड़ी गोल्ड कप फूटबल टुर्नामेण्टको सेमिफाइनलमा स्थान बनायो। जर्दा भेल्ली स्पोर्टिंग क्लब, मैनागुड़ीको तत्त्वावधानमा आयोजित यस प्रतिष्ठित टुर्नामेण्टमा शनिवार खेलिएको ग्रुप ए-को म्याचमा युनाइटेड ब्रदर्सले बीएसके, बलराम (सिलगढ़ी)-लाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट प्रवीण सुब्बा र याबेश परियारले गोल गरे। युनाइटेड ब्रदर्सले अब आफ्नो सेमिफाइनल म्याच ८ सेप्टेम्बरमा खेल्नेछ।

About Author

Advertisement