युनाइटेड दिलाराम एफसी र गोर्खा सेभेन विजयी

photocollage_2023651255247.jpg

५ जूनः बालासन युथ क्लब (१५ लाइन, धोतरिया बालासन, दार्जीलिङ)-को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार दुईवटा म्याच खेलियो। धोतरिया बालासन स्कूल खेल मैदानमा भएको पहिलो म्याचमा युनाइटेड दिलाराम एफसी-ले लोवर सीडर्सलाई पेनल्टी शूटआउटमा पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। यसरी नै दोस्रो म्याचमा गोर्खा सेभेनले अंकित राइडर स्पोर्टिंग क्लबलाई ३-१-ले पराजित गऱ्यो। यस सेभेन ए साइड टुर्नामेण्टको फाइनल १५ अगस्तमा खेलिनेछ। च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी बालासन युथ क्लबका सचिव निहाल राईले जनाएका छन्।

About Author

Advertisement