युथ क्लबमा टीकाकरण शिविर

vaccine-1-1650121820.jpg

सिलगढी: आज युथ क्लबमा टीकाकरण शिविरको आयोजना गरियो। उक्त बुस्टर डोज सिलगढी नगर निगम अनि गेट बजार वेलफेयर व्यवसायी समितिको सहयोगमा गरिएको थियो। आज लगभग ५०० जना मानिसहरूले शिविरमा टीका लगाए। शिविरमा बुस्टर डोजसहित कोरोनाको पहिलो अनि दोस्रो खोप पनि मानिसहरूलाई लगाइयो। शिविरमा गेट बजार वेलफेयर व्यवसायी समितिका अध्यक्ष काजल दास, सचिव तुषार शर्मा, सह-सचिव टिंकु महाजन लगायत अन्य उपस्थित थिए।

About Author

Advertisement