युटुबर रजत तामाङ विरूद्ध ३० जूनको दिन खरसाङमा अनुसूचित जातिद्वारा विरोध रैलीको आयोजना गरिने

IMG-20240627-WA0219

खरसाङ: युटुबर रजत तामाङले अनुसूचित जातिमाथि अभद्र व्यवहार गर्दै गाली गरेको विषयमा आगामी ३० जूनको दिन खरसाङमा विरोध रैली निकालिने विषयमा आज खरसाङमा अखिल भारतीय नेपाली अनुसूचित जाति संघ खरसाङ महकुमा समिति र केन्द्रीय समितिको सभा सम्पन्न भएको छ। उक्त सभा अखिल भारतीय नेपाली अनुसूचित जाति संघ खरसाङ महकुमा समितिको सभापति कमल सिलवालको अध्यक्षता र महकुमा सचिव प्रणय रोकाको सञ्चालनमा सम्पन्न भएको छ। सभामा अखिल भारतीय नेपाली अनुसूचित जाति संघ केन्द्रीय अध्यक्ष बुध्दवीर सार्की र केन्द्रीय महासचिव रिमेश मोथेले सम्बोधन गरेका थिए। सभामा अखिल भारतीय नेपाली अनुसूचित जाति संघको विभिन्न शाखाहरूबाट प्रतिनिधिहरू उपस्थित रहेका थिए। सभामा विशेष गरेर कामी दमाई सार्की समाजको सभापति सचिव लगायत सदस्यहरू उपस्थित रहेका थिए। सभामा आगामी ३० जूनको दिन युटुबर रजत तामाङको विरूद्धमा खरसाङमा विराट रैलीको आयोजना गरिने भएको छ अखिल भारतीय नेपाली अनुसूचित जाति संघ खरसाङ महकुमा समितिको प्रचार प्रसार सचिव दिपेन सेवाले जानकारी दिएका छन्। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै अखिल भारतीय नेपाली अनुसूचित जाति संघ केन्द्रीय महासचिव रिमेश मोथेले अनुसूचित जाति पहाड़मा राजनैतिक, सामाजिक, आर्थिक रूपमा पनि थिचिएको र अनुसूचित जातिमाथि दमन बताउँदै अब अनुसूचित जातिमाथि दमन भएको छ तर अब हामी जागरूक बनेका छौं भनी बताएका छन्। उनले युटुबर रजत तामाङको जस्तो सोचलाई हामी सबै जागरूक भएर मार्नुपर्छ भनी बताउँदै 9 जूनमा दार्जिलिङमा विरोध रैलीको आयोजना गरिएको र यसपाली आगामी ३० जूनको दिन खरसाङमा पनि विरोध रैलीको आयोजना गरिएको बताएका छन्। उनले उक्त विरोध रैली जातीय भेदभाव र छुवाछुतको विरोधमा आयोजना गरिएको बताएका छन्। त्यसरी नै पत्रकारहरूसित कुराकानी गर्दै अखिल भारतीय नेपाली अनुसूचित जाति संघ खरसाङ महकुमा समितिको सचिव प्रणय रोकाले आज बिहीबार खरसाङमा अखिल भारतीय नेपाली अनुसूचित जाति संघ केन्द्रीय समिति, खरसाङ महकुमा समिति र विभिन्न शाखाहरूका प्रतिनिधिहरूलाई लिएर आयोजना गरिएको र यसै सभामा आगामी ३० जूनको दिन खरसाङमा युटुबर रजत तामाङको विरूद्धमा साथै अनिसूचित जातिमाथि हुने जातीय भेदभाव र छुवाछुत विरूध्दमा रैलीको आयोजना गरिने निर्णय गरिएको जानकारी गराएका छन्। उनले पहाड़मा हामी सबै गोर्खाहरू नङ र मासु जस्तै मिलेर बसेका छौं। तर यहाँ जातीय भेदभाव र छुवाछुत हुनु हुँदैन भनी बताउँदै ३० जूनमा हुने विरोध रैलीमा अनुसूचित जातिको सबैलाई उपस्थित भईदिने अनुरोध पनि गरेका छन्।

About Author

Advertisement