खरसाङ: युनाइटेड खरसाङ फुटबल क्लबको सभा क्लब परिसरमा सम्पन्न भएको छ। उक्त सभामा केही दिन अघि गठन गरिएको क्लबको नयाँ कमिटीका पदाधिकारीहरु र क्लबको खेलाडीहरूसित परिचय आदान प्रदान गराइएको छ। सभामा युकेएफसीबाट लामो समयदेखि फुटबल खेल्दै आएका फुटबल खेलाडी राज रावतलाई क्लबको तर्फबाट प्रशंसास्वरुप स्मृति चिन्ह प्रदान गरिएको छ। सभामा आगामी दिनमा क्लबलाई के कसरी अघि लाने भन्ने विषयमा चर्चा परिचर्चा गरिएको छ।











