यानिक सिनर डेविस कप फाइनलमा इटलीको निम्ति नखेल्ने

IMG-20251021-WA0139

बोलोग्ना: विश्वका नम्बर दुई पुरुष टेनिस खेलाड़ी इटलीका यानिक सिनरले डेविस कप फाइनलमा नखेल्ने फसेला गरेका छन्। डेविस कप फाइनलको आयोजन आउँदो महिना हुनेछ तर सिनरले आयोजक तथा गत दुईपल्टको च्याम्पियन इटलीको तर्फबाट खेल्नेछैनन्। यसरी विश्वका नम्बर एक खेलाड़ी कार्लोस अल्काराजलाई चाहिँ स्पेनको टीममा सामेल गरिएको छ। आउँदो १८-देखि २३ नोभेम्बरसम्म बोलोग्नामा हुने प्रतियोगिताको निम्ति जर्मनीले विश्वको तेस्रो नम्बरका खेलाड़ी अलेक्जेण्डर ज्वेरेव र इटलीले आठौं नम्बरका खेलाड़ी लोरेञ्जो मुसेट्टीलाई आ-आफ्नो टीममा सामेल गरेको छ। इटालियन टेनिस महासंघका अध्यक्ष एञ्जेलो बिनाघीले भने, यो निराशाजनक कुरा हो तर हामी यानिकलाई सम्मान गर्छौंं। यस सत्रमा उनको कार्यक्रम निक्कै व्यस्त रह्यो। हामीलाई उनी फेरि राष्ट्रिय टीमको जर्सी लगाएर खेल्ने आशा छ। सिनरले यस साल अष्ट्रेलियन ओपन र विम्बल्डनको रूपमा २ वटा ग्राण्ड स्ल्यम जिते। यसको साथमा उनीमाथि ३ महिनाको निम्ति डोपिंग प्रतिबन्ध पनि लगाइएको थियो।

About Author

Advertisement