यस्तो ठाउँ जहाँ मानिसहरू सय वर्षसम्म बाँच्छन्, कुरा यस्तो छ…

image-01

नयाँ दिल्ली : पहिलेका जमानामा मानिस सय वर्षसम्म आरामसँग बाँच्ने गर्दथे। तर हिजोआज यो औसत ६० नजिक पुगेको छ। मानिसले आफ्नो जीवनमा धेरै पटक डाक्टरलाई भेट्नुपर्छ। मौसममा भएको अलिकति परिवर्तनले पनि मानिसलाई रुघाखोकी जस्ता रोग लाग्ने गर्छ। तर राजस्थानको एउटा यस्तो क्षेत्र छ जहाँ मानिस पहिले जस्तै १०० वर्षको जीवन बाँचिरहेका छन्। यसको पछाडिको कारणले सबैलाई चकित पार्नेछ।

यहाँ चर्चा छ राजस्थानको झुन्झुनू लोकसभा निर्वाचन क्षेत्रको। यस ठाउँमा मतदानका सम्बन्धमा सर्वेक्षण गर्दा यहाँ सय वर्षभन्दा माथिका धेरै मानिस रहेको खुलेको छ। यो कुराले जनताको ध्यान आकर्षित गर्यो। आज पनि कुनै खास ठाउँका मानिस सय वर्षको जीवन बाँचिरहेका छन्, त्यसको रहस्य के हो? अनुसन्धान गर्दा चकित पार्ने तथ्य बाहिर आएको छ। यस वर्ष झुन्झुनु क्षेत्रमा १ सय ८ सय वर्ष नाघेका १ हजार ८ सय २ मतदाता छन्। उनीहरुले यो वर्ष पनि मतदान गर्नेछन्। जब उनीहरुको उमेरको रहस्य थाहा भयो तब थाहा भयो कि उनीहरु आफ्नो खानपानमा विशेष ध्यान दिन्छन्। यी व्यक्तिहरूले आफ्नो आहारमा दूध, दही, छाछ (मही) , सांगरी आदि पौष्टिक चीजहरू समावेश गर्छन्। बजारमा पाइने चीजहरूसँग यी कुराहरूको कुनै सरोकार छैन। जसका कारण उनीहरु यति लामो जीवन बाँच्न सक्षम भएका छन्। झुन्झुनु क्षेत्रका मानिसहरूले आफ्नो आहारमा मोटो अन्न समावेश गर्छन्। तिनीहरूको रोटी गहुँबाट होइन तर ज्वार, बाजरा,  मोठ, मुंग आदिबाट बनाइन्छ। यस बाहेक यी व्यक्तिहरू शारीरिक परिश्रमलाई बेवास्ता गर्दैनन्। कतै जानका लागि उनीहरु सवारीसाधनको सट्टा हिड्न रुचाउँछन्। यसबाहेक पिउने पानी सधैं तताउने गर्नुपर्छ। यसरी यी मानिसहरू सय वर्षभन्दा बढी समयदेखि बाँचिरहेका छन्।

About Author

Advertisement