यसपाली बंगालमा नरेन्द्र मोदीको नेतृत्वमा भाजपाको सरकार गठन हुनेछ: विप्लव कुमार देव

IMG-20260126-WA0097

खरसाङ: खरसाङमा आयोजित भारतीय जनता पार्टीको कार्यकर्ता महासङ्गमको अवसरमा मुख्य वक्ताको रुपमा आफ्नो सम्बोधन राख्दै त्रिपुराका पूर्व मुख्यमन्त्री एंव सांसद साथै भाजपा बंगालका चुनाव प्रभारी विप्लवकुमार देवले राज्य सरकार जनसाधारणको विकास गर्न चाहदैन र यसपाली राज्यबाट तूणमूल कंग्रेसको सरकारलाई उँखालेर फ्याँक्ने आह्वान् गरेका छन्। उनले राज्य सरकारमाथि हमला बोल्दै राज्यको तृणमूल कांग्रेसको सरकारले केन्द्रको परियोजनाहरु राज्यमा लागु हुन नदिएको आरोप लगाएका छन्। विप्लवकुमार देवले एसआईआरमा मुख्यमन्त्री ममता ब्यानर्जीको क्षेत्रबाट ४२ हजार मतदाताहरुको नाम काटिएको जसमा १५ हजार मृतक पाइएको र अहिलेसम्म फर्जी भोट लगाउँदै आएको आरोप लगाएका छन्। उनले ममता दिदीले यसपलाी हारको सामना गर्नुपर्छ भनी बताएका छन्। उनले बंगालको २९४ सिटमा ममता ब्यानर्जीले केवल ५० सिट मात्रै पाउने पनि दावी गर्दै यसपाली बंगालमा नरेन्द्र मोदीको नेतृत्वमा भाजपाको सरकार गठन हो हुने दावी समेत गरे।


विप्लवकुमार देवले इन्टरलोक्युटर विषयमा बोल्दै भने, पहाडमा इन्टरलोक्युटर सांसद राजु विष्टले ल्याएका होइनन् तर यो त यहाँको जनताको समस्या समाधानको लागि केन्द्र सरकारले पठाएको र जनताको समस्या बुझ्न आएका हुन्। भाजपा र नरेन्द्र मोदीको अगुवाईमा सबै कार्यकर्ताहरुले काम गर्नु हवस किनभने २०२६ मा भाजपा र नरेन्द्र मोदीको नेतृत्वमा सरकार गठन गरिनेछ। राज्यबाट तृणमूल कांग्रेस सरकारको सत्ता उँखलेर फ्याँक्नुपर्छ।’

About Author

Advertisement