खरसाङ: यसपाली भारतीय जनता पार्टीले खरसाङ विधानसभा चुनावमा खरसाङ क्षेत्रकै पुत्रलाई टिकट दिने र उक्त व्यक्ति पार्टीभित्रबाट नै हुनसक्ने भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला सचिव बिनय प्रसादले बताएका छन्। उनले खरसाङमा पत्रकारहरुले सोधेका प्रश्नको उत्तर दिन्दै पहाडको तीनवटा विधानसभा समष्टिहरु दार्जिलिङ, कालेबुङ र खरसाङको लागि भारतीय जनता पार्टीको तर्फबाट आज भोलिभित्र नै घोषणा गर्न सक्ने र त्यो मिडियामा चाढै आउने बताए। उनले यसपाली ढिलो भएको कारण माथिल्लो तहमा उम्मेद्वारलाई लिएर मन्थन भईरहेको र अब चाढै घोषणा हुने अनि सुर्ताउनु नपर्ने कारण खरसाङ विधानसभामा खरसाङकै पुत्रले टिकट पाउने बताए। दार्जिलिङ जिल्ला सचिव बिनय प्रसादले पहिला जति काम भयो भएन तर यसपाली दोब्बर जोशको साथमा काम गर्ने वाचा गरेका छन्। उनले यसपालीको चुनावमा गठबन्धनलाई लिएर सोधिएको प्रश्नको उत्तरमा भने, गठबन्धनलाई लिएर माथिल्लो तहमा काम भईरहेको र यसपाली पनि गठबन्धन नै हुने किनभने भाजपासित गठबन्धनमा रहेका पार्टीहरु धेरै रहेको र यसपाली पनि खरसाङ विधानसभा समष्टिमा भारतीय जनता पार्टीले चुनाव जित्ने कुरामा पूर्ण रूपमा आशावादी रहेको बताएका छन्। एक प्रश्नको उत्तरमा बिनय प्रसादले भने, एसआईआरको कारणले भारतीय जनता पार्टीलाई नोक्सान हुँदैन किनभने एसआईआर भारतीय जनता पार्टीले गरेको होइन यो त निर्वाचन आयोगले गराएको हो। त्यसैले भारतीय जनता पार्टीले सजिलैसँग जित्नेछ।’
उनले दाबी गर्दै भने, खरसाङमा मात्रै होइन पहाडको तीनवटा विधानसभा आसन साथै पश्चिम बंगालमा अधिक आसन जितेर भारतीय जनता पार्टीको सरकार आउनेछ।’









