यमुना र इलोमाले खेलो इण्डिया बीच गेम्समा सिक्किमलाई प्रतिनिधित्व गर्ने

IMG-20250518-WA0269

गान्तोक: सिक्किमका दुई पेन्चक सिलाट मार्सल आर्ट खेलाड़ी आगामी १९ देखि २४ मईसम्म दीव द्वीपमा आयोजना हुने खेलो इण्डिया बीच गेम्सको लागि छनौट भएका छन्। यमुना छेत्री र इलोमा सुब्बाले पहिलोपल्ट खेलो इण्डिया बीच गेम्समा सिक्किम राज्यलाई प्रतिनिधित्व गर्नेछन्। उल्लेखनीय छ, हालै सम्पन्न १३औं सिनियर नेशनल पेन्चक सिलाट च्याम्पियनशीप २०२५मा उत्कृष्ट प्रदर्शनी गरेपछि उनीहरूले यो अवसर प्राप्त गरेका हुन्। च्याम्पियनशीप ९ देखि १२ मईसम्म उत्तर प्रदेशको लखनौमा सम्पन्न भएको थियो जसमा सिक्किमबाट सात सदस्यीय टोलीले सहभागिता जनाएको थियो।
प्राप्त जानकारीअनुसार यमुना छेत्री र इलोमा सुब्बा सिक्किम पेन्चक सिलाट एसोसिएशन (एसपीएसए) का महासचिव भीम बहादुर सुब्बाको अगुवाइमा भोलि खेलो इण्डिया बीच गेम्स २०२५को निम्ति गान्तोकबाट दीव द्वीपतर्फ प्रस्थान गर्नेछन्। यमुना छेत्रीले ७० किलो वर्गको टान्डिङ इभेन्टमा भाग लिनेछन् भने इलोमा सुब्बाले सोला क्रिएटिभ इभेन्टमा भाग लिनेछन्।

About Author

Advertisement