खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको जंगपाना चियाबारीमा श्रमिकहरुसित भेटघाट र चुनाव प्रचारपछि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाले पत्रकारहरुलाई सम्बोधन गर्दै भने, म चियाबारी श्रमिक विरोधी पटक्कै होइन। मैले चियाबारी श्रमिकहरुको पक्षमा धेरैवटा सभामाहरुमा बसेको छु। चियाबारी श्रमिकहरुक लागि धेरैपल्ट बोलेको छु।’ उनले पत्रकारहरुले सोधेका एक प्रश्नको उत्तरमा भने, मेरो कुनै खोट नपाएपछि विपक्षीले मेरो पुरानो अन्तर्वाताको सानो भिडियो क्लिप निकालेर अफवाह फैलाउने काम गरेको हो। तर मैले अर्कै प्रसंगमा चियाबारी र जीटीएको कुरा उठाएको थिए। तर त्यसलाई गलत तरिकाले उठाएको छ।’
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाले दावीको साथमा भने, यसपाली पनि बंगालमा भारतीय जनता पार्टीले सरकार बनाउँदैन। यो कुरा लेखेर राख्नुहोस्। उनले सांसद राजु विष्टमाथि आरोप लगाउँदै भने, राजु भाइ अहिले झूट बोल्नमा माहिर भएका छन्। आफुले बोलेको कुरा कुनै पनि पूरा गरेका छैनन्।’
लामाले अघि भने, म चुनाव प्रचारमा सबै चियाबारीतिर पुग्दैछु र सबै क्षेत्रमा रहेका चियाबारी श्रमिकहरुसित भेटघाट गर्ने काम गर्दैछु। म जोइन्ट फोरममा काम गरेको मान्छे हो र केश खाएको पनि छु। हामी चियाबारी श्रमिकहरुको लागि काम गर्ने पार्टी हौँ। चियाबारी श्रमिकहरुको लागि सबैभन्दा बेसी काम गर्ने पार्टी नै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा हो।’
उनले अझ भने, म कुनै पनि उम्मेद्वारमाथि व्यक्तिगत टिप्पणी गर्न चाहादिँन। म केवल पार्टीको नीति विरुद्ध मात्र बोल्छु। व्यक्तिगत टिका टिप्पणी गर्नु राम्रो होइन।’
खरसाङ विधानसभा समष्टिमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाले सोमवार तीनधारे महानदी समष्टिको जंगपाना चियाबारीमा आफ्नो चुनाव प्रचार गरेका छन्। उनले जंगपाना चियाबारीमा श्रमिकहरु बिहान मेलोमा लाग्न अघि नै जंगपाना चियाबारीमा पुगेर श्रमिकहरुलाई भेटेर आफ्नो पक्षमा भोट दिने अनुरोध गरेका छन्। यसावधि उनले जंगपाना चियाबारीको श्रमिकहरुको विभिन्न समस्याहरु विषयमा पनि बुझ्ने काम गरेका थिए। भागोप्रमोको उम्मेद्वार अमर लामाले चियाबारी श्रमिकहरुसित बातचीत गर्दै भोटको अपिल पनि गरेका थिए। यसावधि अमर लामाले चियाबारी श्रमिकहरुलाई सम्बोधन पनि गरेका थिए। आफ्नो सम्वोधनमा उनले यसपाली आफुलाई भोट दिने र आफु विधानसभामा पुगेर चियाबारी श्रमिकहरुको निम्ति निम्नत्तम रोजगारको लागि आवाज उठाउने पनि वाचा गरेका थिए। उनले जीटीएमा चियाबारी पर्दैन भनेको कुरालाई विपक्षी एकोहोरो दोहोराउने गरेको र यो कुरा अर्कै प्रसंगमा थियो तर विपक्षले कुनै भूल नपाएर यसलाई गलत तरिकाले प्रयोग गर्न खोजेको बताए। उनले चियाबारी श्रमिकहरुको निम्ति सबैभन्दा बेसी काम भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा र संस्थापक अध्यक्ष अनित थापाले गरेको दावी गरे। यस चुनावी सभालाई हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले सञ्चालन गरेका थिए। सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सचिव भक्तिमान तामाङले यहाँको प्रबन्धकलाई
जंगापाना चियाबारीको लागि चार्टर अफ् डिमाण्ड बुझाएको विषयमा पत्र पठन गरेर सुनाएका थिए। यसावधि उम्मेद्वार अमर लामासित हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन केन्द्रीय सल्लाहाकार शेखरचन्द्र प्रधान,भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको उपाध्यक्ष प्रेम प्रधान, तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, युवा शक्तिको समष्टि सभापति केवल राई, प्रवक्ता बिपन विश्वकर्म, महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पा लगायत अन्यहरु पनि उपस्थित रहेका थिए। यस अघि अमर लामाले जंगपाना चियाबारीको एउटा मन्दिरमा पूजा अर्चना गरी आफ्नो चुनाव प्रचार शुरु गरेका थिए।










