कोलकाता:: शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा पर्ने पूर्व शिक्षा मन्त्री पार्थ च्याटर्जीले एकपल्ट फेरि नियुक्ति मामिलासँग उनको कुनै सम्बन्ध नरहेको दाबी गरेका छन्। उनले बिहिवार विशेष सीबीआई कोर्टमा भने, म नियुक्ति गर्दिन थिए। म मन्त्री थिए। यो सबै जिम्मेवारी अधिकारीहरूको थियो म भ्रष्टाचारको समर्थन गर्दिन, गरेको पनि छैन। उनले अझ भने, शिक्षा बोर्ड आफ्नो भिन्न नियमले चल्छ यसमा एसएससी र प्राथमिक शिक्षा बोर्ड दुवै आउँछ। उल्लेखनीय छ, बिहिवार पार्थ च्याटर्जीसहित १३ आरोपितलाई एकपल्ट फेरि कोर्टमा पेश गरियो। भ्रष्टाचार मामिलामा केन्द्रिय एजेन्सीले पार्थ च्याटर्जीलाई मुख्य आरोपित बताएको छ। उनकै निर्देशमा उनका सल्लाहकारहरूले नियुक्ति भ्रष्टाचारको षडयन्त्र रचेको आरोप छ।









