म भोटको बेला मात्र देखा पर्ने नेता होइन तर वर्षभरि जनताको लागि काम गरिरहेछु: अनित थापा

IMG-20260214-WA0112

खरसाङ: अहिले परिवेश शान्ता छ, काम गर्ने तरिका शान्तिपूर्ण छ, कसैसित डराउनु पर्दैन, विकास समय अनुसार हुँदै जान्छ, बनिनु पर्ने सबैलाई थाहा हुन्छ तर बनिसकेको लसैलाई थाहा हुँदैन। तर यसपाली खरसाङको समस्या विधानसभामा राख्नलाई र खरसाङको लागि भए पनि यसपालीको चुनावमा जिताउनु पर्छ भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष एवं जीटीएको प्रमुख कार्यपाल अनित थापाले बताएका छन्। उनले २८ नम्बर समष्टिलाई लिएर आयोजित कर्मी सभालाई सम्बोधन गर्दै उक्त कुरा बताएका छन्। उनले विगतमा खरसाङबाट जितेर गएका विधायकले फर्केर पनि आएर धन्यवाद भनेन अनि कसैले खोजेन पनि भनी बताए।‌ उनले भने, यसपाली हामीलाई भोट दिनु होस् किनभने हामी सरकारसित मिलेर काम गरिरहेछौं। चुनाव हारेको खण्डमा बोल्ने मुख बन्द हुन्छ अनि विकास गर्न मुश्किल हुन्छ। खरसाङ महकुमा बंगालभित्र नै पर्छ। त्यसैले हामी बंगाल सरकारसित मिलेको‌ हो। बंगालभित्र पर्ने ठाउँको‌ लागि बिहार आसामसित मिलेर हुँदैन।‌’
जीटीए प्रमुख अनित थापाले खरसाङ महकुमा अस्पताल सार्दैछौं र यसको छेउमा कार पार्किङ बनाउनेछौं भन्दै यसपालीको चुनावमा पहाडको तीनवटा विधायकहरुले सरकार बनाउन त सरकार ढाल्न होइन तर सरकारसित मिलेर काम गर्न सक्छ र तीनजना विधयाकहरु भए सरकारसित मिलेर काम गर्न सजिलो हुन्छ भनी बताएका छन्। उनले भने, वर्षभरि काम गरिरहेछज र अब चुनावको बेला समष्टि स्तरीय, ब्लक स्तरीय र बुथ स्तरीय नेताहरुले गाउँका जनतालाई बुझाउनु सक्नुपर्छ र सचेत भोट लगाउनु पर्छ। तर म चुनावमा मात्र देखा पर्ने नेता होइन। म सबैको लागि वर्षभरि काम गर्ने नेता हो।’
अनित थापाले आफ्नो सम्बोधनमा भने, खरसाङमा २ सय करोड रुपियाँ बराबरको पानीको काम भईरहेको छ र यसको लागि प्रत्येक वार्डमा निर्माण समिति गठन गरिनुपर्छ। यसको लागि प्रत्येक वार्डको जनसाधारण र समाज जागरुक हुनुपर्छ। खरसाङ शहरलाई सफा‌ बनाउन प्रत्येक हप्ता केवल दुई घण्टा सबैले दियो भने शहर स्वच्छ हुन्छ। सरकारले मात्रै गरेर हुँदैन जनता पनि सचेत हुनुपर्छ।’
उनले अघि भने, विधायक चुनाव जित्यो भने म ठूलो हुँदिन, यहीसम्म मात्र हो मेरो। म यही नै ठीक छु। २०१७ मा आगोको भुप्रोमा हात हालेर आएको हो र पहाडले गाली मात्र गरेको तर पाँच वर्षपछि २०२२ मा मलाई नै जनताले जिताएर कुर्सीमा राखेको हो।‌’
उनले खरसाङमा पर्यटन विस्तारै राम्रो हुँदै गएको छ। ‌मधेशबाट आउँदा सबैभन्दा कम दूरीको ठाउँ हो खरसाङ। खरसाङ आउनलाई तीनवटा मुख्य रोड छन् जुन सजिलो छ। खरसाङमा चारवटा ठूल्ठूला फाईभ स्टार होटेलहरु बनिएको छ र होम स्टेहरुले पनि खरसाङलाई पर्यटन क्षेत्रमा अघि लगेर गएको छ।‌ विकास विस्तारै हुँदै जाने प्रक्रिया हो तर सबैलाई खुशी पार्न चै सकिन्दैन।‌ तर सबैलाई बुझाउन सकिन्छ त यसको लागि स्थानीय तहको नेताहरुले जनतालाई बुझाउने काम गर्नुपर्छ। यसपाली खरसाङको‌ सर्वाङ्गीण विकासको लागि भोट दिनु होस् एक्लो अनित थापाको लागि होइन।‌ अब फेरि खरसाङबाट केही उठेर पहाडलाई नेतृत्व गर्नु कहिले हो हो तर समयमा नै खरसाङको सर्वाङ्गीण विकास गरेर लानुपर्छ।’
अनित थापाले अझ भने, म‌ पोजिशन र पावरले परिवर्तन हुने होइन। त्यसैले यसपालीको भोट मन दुखाएर यता उता होइन तर खरसाङको सर्वाङ्गीण विकासको लागि दिनुहोस्। भोटिङमा सचेत हुनु होस्‌।

About Author

Advertisement