सोनादा: आज रंगबुल धोतरिया रङ्गमुक समष्टिको अप्पर सिडर्समा यसपालिको जीटीए चुनावमा प्रार्थीको रुपमा हिल तृणमुल कंग्रेस पार्टीको तर्फबाट खडा भएको उम्मेदवार एनबी खवासलाई लिएर उक्त क्षेत्रका जनताहरु सडकमा निस्केर चुनाव प्रचार अभियान चलाएका छन्।
साथै उक्त क्षेत्रका जनताहरुले यसपालीको जीटीए चुनावमा सय प्रतिशत एनबी खवासलाई समर्थन दिने प्रतिबद्धता पनि जाहेर गरेका छन्।
सिर्डस चियाबारीमा एनबी खवासको जुन विरोध भएको थियो आज त्यसै ठाउँमा उनलाई भव्य स्वागत जनायो साथै खवासको विरोधमा नारा लाएर विरोध प्रदर्शन गर्नेहरुले खवासलाई खदा-माला गरी स्वागत गर्दै माफी समेत मागेको दाबी गरिएको छ। आज उक्त समष्टीको हिल तृणमूल कंग्रेसको प्रार्थी एनबी खवासले चुनाव प्रचार गर्दै चुनावी सभा पनि गरेका थिए। चुनावी सभालाई सम्बोधन गर्दै हिल तृणमूल कंग्रेसको प्रार्थी एनबी खवासले आज म गाउँ घरमा चुनाव प्रचारमा जाँदा अप्पर सिडर्सको जनताहरू निस्केर खदा लगाएर स्वागत जनाएको र माफी पनि मागेकोले आज म खुशी छु भनी बताएका छन्। खवासले आफ्नो सम्बोधनमा म पनि श्रमिकहरूको अन्सनमा भाग लिनलाई प्रोफाइल लिएर गएको थिए तर यहाँको नेतृत्वहरूले आफै मात्र आन्दोलन गर्ने कस्तो आन्दोलन हो भन्दै यो कस्तो मानसिकता हो, यही मानसिकताले नै पहाड़ यस्तो स्थितिमा पुगेको हो र यसलाई रिजेक्ट गर्नलाई २६ जूनको दिन मौका छ भनी बताएका छन्। एनबी खवासले अघि भने-बन्सल कम्पनी राम्रो छ भनेर ल्याउने यी नेताहरू नै हो तर उनीहरू नै मलाई रोक्छन्। मलाई रोक्नेहरूको घर छेउतिर नै छन् बन्सल कम्पनी राम्रो छ भनेर ल्याउनेहरू र अब उनलाई नै प्रश्न गर्नु भनी बताएका छन्। खवासले म यहाँ सेवा गर्न आएको हुँ तर कुनै सिन्टेक्स भर्न आएको होइन भनी बताउँदै म त पहाड़को सेवा गर्नलाई आएको हो अनि सेवा गर्नलाई नै मुख्यमन्त्रीले मलाई यहाँ पठाएको बताए। उनले आज अप्पर सिडर्सका जनताले मलाई स्वागत गरेको कारणले खुशी छु भनी बताएका छन्।











