म अहिले कहीँ गइरहेको छुइनँः रोहित

IMG-20250104-WA0288

सिडनी: भारतका सीनियर ब्याटर रोहित शर्माले आफ्नो सन्न्यासबारे जारी अड़कलबाजीहरूमा विराम लगाउँदै उनी कहीँ नगइरहेको अनि अष्ट्रेलियाविरुद्ध सिडनी टेस्ट म्याचबाट बाहिर रहने कारण खराब फर्म रहेको पुष्टि गरेका छन्। खराब फर्मसँग जुझिरहेको रोहितले सिडनी टेस्ट म्याचबाट आराम लिएका छन् अनि उनको स्थानमा पेस बलर जसप्रीत बुमराहको कप्तानी गरिरहेका छन्। सिडनी टेस्ट म्याचबाट बाहिर रहनको साथै रोहितको भविष्यबारे अड़कलबाजी शुरु भएको थियो। रोहितले भने, म सन्न्यास लिइरहेको छुइनँ। म केवल टीमबाट बाहिर रहेको छु। म अहिले रन बनाउन सकिरहेको छुइनँ अनि फर्ममा रहेको छुइनँ। यसबारे मैले प्रशिक्षक र चयनकर्ताहरूसँग कुराकानी गरे। त्यसपछि हामीले मेरो स्थानमा फर्ममा रहने खेलाड़ीलाई खेलाउने फसेला गऱ्यौं। टीममा फर्ममा रहेका खेलाड़ीहरू पनि भएको हुनाले हामीले यस्तो फसेला गऱ्यौं। यो कुरा मेरो दिमागमा पहिलादेखि नै थियो।
३७ वर्षीय रोहितले प्रशिक्षक र चयनकर्ताहरूले उनको फसेलाको समर्थन गरेको बताए। उनले भने, मैले मेरो मनको कुरा उनीरूलाई भने। प्रशिक्षक र चयनकर्ताहरूले मेरो सोचलाई समर्थन गरे। यो मेरो निम्ति निश्चित रूपले कठिन फसेला थियो तर सबैथोक अघि राख्दा फसेला तर्कसंगत थियो। म धेरै अघिको सोच्दिनँ। रोहितले अष्ट्रेलियाविरुद्ध जारी सीरीजको ३ वटा टेस्ट म्याचको ५ वटा ईनिंग्समा केवल ३१ रन बनाएका छन्।

About Author

Advertisement