म्यूजिक भीडियो ‘सलाम छ’ को प्रीमियर ३ सेप्टेम्बरमा हुने

IMG-20230830-WA0369.jpg

गान्तोकः मुख्यमन्त्री प्रेमसिंह तामाङले दिन रात एक गरेर सिक्किमे जनताको निम्ति गरिरहेको कार्यहरूलाई सलाम गर्नको निम्ति दुर्गा राणाद्वारा निर्मित म्यूजिक भीडियो “सलाम छ” को प्रीमियर आगामी ३ सेप्टेम्बरको दिन मनन केन्द्रमा सम्पन्न हुन भएको छ। उल्लेखनीय छ, उक्त म्यूजिक भीडियोको लोकार्पण गत १० अगस्तको दिन रम्फूमा आयोजित जन उन्मुक्ति दिवसको अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङले गरेका थिए। उक्त भीडियोमा संलग्न कलाकारहरूलाई सम्मान जनाउने उद्देश्य सहित आगामी 3 सेप्टेम्बरको दिन प्रीमियर कार्यक्रमको आयोजना गरिएको हो।

सलाम छ गीतको शब्द पोइट आइडल सिजन १ की विजेता निलम गुरूङले लेखेकी हुन् भने यो भीडियोको निर्देशन एञ्जल छिरीङले गरेकी हुन्। यस म्यूजीक भीडियोको निर्माता मल्ली निर्वाचन क्षेत्रका एनबी प्रधान अनि दुर्गा राणा हुन् भने सो गीतमा स्वर एड्रीना शिवकोटीले दिएका छन्। यस गीतमा ममता लामा, दुर्गा राणा लगायत कलाकारहरूले अभिनय गरेका छन्।

आज प्रेस क्लब अफ् सिक्किमको कार्यालयमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै निर्माता, निर्देशक अनि गीतकारले आगामी 3 सेप्टेम्बरको दिन सम्पन्न हुने उक्त प्रीमियरमा सबैलाई उपस्थिति बनिदिने आग्रह गरेका छन्। उक्त दिनको कार्यक्रममा संस्कृति विभागका भारप्राप्त मन्त्री विष्णु कुमार खतिवड़ा मुख्य अतिथिको रुपमा उपस्थिति रहनेछन्।

About Author

Advertisement