गान्तोक: म्यूजिक इमोसन डान्स एकादमीले तिन दिवसीय सिक्किम बिग डान्स क्याम्प आयोजना गर्ने भएको छ। आगामी ९-११ अगस्तसम्म देउरालीस्थि फुटसल एरिनामा उक्त कार्यक्रम आयोजना गर्ने म्यूजिक अमोसन डान्स एकादमीका निर्देशक प्रवेश तामाङले जानकारी गराएका छन्। आज राजधानीस्थित जर्नालिस्ट यूनियन अफ् सिक्किमको कार्यलयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गुरूङले उक्त कुराको अवगत गराएका हुन्। यस प्रतियोगितामा विजयी हुनेलाई नगद ५० हजार र उपविजेतालाई १५ हजार प्रदान गरिने उनले थप बताए। उक्त प्रतियोगितामा निर्णायक मण्डलीकोरूपमा कलकत्ताबाट ख्यातीप्राप्त नृत्यकारहरूको उपस्थिति रहने उनले अवगत गराए। यसरी नै नृत्य सम्वन्धी कार्यशालाको पनि आयोजना गरिएको भएको छ।










